ताजा खबर

”भुक्तानी पछि नायक केसीको कार र ड्रिम्स फिल्मको गाडी मुक्त”

 

दिननाथ बराल

पोखरा, २०७२  असार १०,

पोखराको एक होटलमा समयमै विल तिर्न नसके पछि नायक भुवन केसीको कार तथा ड्रिम्स फिल्मको गाडी सहितका सामानहरु होटलले नियन्त्रणमा लिए पनि भुक्तानी पछि होटलबाट उक्त गाडी मुक्त भएको छ ।

पोखरामा करीब एक महिना जसो उक्त फिल्मको छायाङकन सकि होटलको रकम नतिरी काठमाण्डौ जान लागे पछि होटलले सोमबार देखि मंगलबारसम्म मुल गेटमा साँचो लगायर फिल्मको गाडीहरु आफ्नो नियन्त्रणमा लिएको थियो । पोखरा ड्यामसाईडको पिसफुलमा नायक केसी सहितको टोली उक्त फिल्मको छायाङकनको लागि पोखरामा करीब एक महिना जसो बस्दा होटलमा आएको विलको फिल्मको तर्फबाट बुधबार मात्र भुक्तानी भएको छ । करीब ४० जनाको टोलीले होटलमा बस्दा तथा खाना खाजाको गर्दा करीब २ लाख ५० हजार लाख बराबरको विल आएको बताईन्छ ।

समयमै रकम तिर्न नसके पछि नायक केसीको गाडी सहित ड्रिम्स फिल्मको गाडी होटलको नियन्त्रणमा भन्ने समाचार मंगलबार सार्वजनीक भए पछि होटल र नायक केसी विच केहि घण्टामै आन्तरीक सहमति भएको थियो । मंगलबार आन्तरीक सहमति भएपनि फिल्मको तर्फबाट होटलमा भुक्तानी भने बुधबार मात्र भएको श्रोतले जनाएको छ ।

नायक भुवन केसीले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कार तथा ड्रिम फिल्मको सामान सहितको गाडी कुनै होटलको नियन्त्रणमा नभएको प्रतिकृया दिए । नेपालकै एक सेलीव्रीटी र फिल्मको सामान सहित कुनै होटलले नियन्त्रणमा लिनु ठुलो कुरा भएकै कारणले गर्दा समाचार बाहिरि आएको हो, जुन श्रोत र प्रमाणको आधारमा समाचार आएको छ भन्ने पत्रकारको प्रश्नमा नायक केसीले भने “मेरो सहानु भुतिप्रति पत्रकारहरुलाई धन्यवाद दिन चाहान्छु, यदी प्रमाण भए पत्रकार सम्मेलनमा सार्वजनीक गर्न माग गर्दछु ।” होटल लगायत अन्य कामदारलाई समेत दिनुपर्ने भुक्तानीको बिषयमा आफुहरुको टिमले समयमा भुक्तानी दिन नसकेको स्वीकारे ।

नायक केसीले आफनो फिल्मको कलाकार सहितको टोली काठमाण्डौ गए पनि आफ्नो कामको शिलशिलामा होटल सहितको हिसाव मिलान तथा सरसामानहरु समेत लिनुपर्ने र दिनुपर्ने बिषयमा पोखरामै आफु केहि दिनदेखि रहेको प्ष्ट

पारे । उनले भने पुनः दोहोराए “ठुलो व्यावहार गर्दा दुई चार दिन ढिलो चाँढो हुन्छ यसलाई मिडियाले किन बाहिर ल्यायो म त अचम्ममा परेको छु ।” यस्ता समाचारले आफुलाई र फिल्म क्षेत्रलाइ समेत असर पुराउने भएको उनले गुनासो गरे ।

यस बिषयमा जव संचार माध्यमहरुमा समाचार सार्वजनिक भए पछि होटलको जिम्मा लिएकी विन्देश्वरी श्रेष्ठ र नायक केसीले कार होटलको नियन्त्रणमा नभएको बताएका थिए । होटल संचालक महेन्द्र कुमार श्रेष्ठ हुन भने विन्देश्वरी उनकी भाउनु हुन । नायक केसी सहितको टोलीले उक्त होटलमा १६ वटा भन्दा बढी रुमहरु प्रयोग गरेका थिए । फिल्म क्षेत्र संकटमा पर्दै आएको समयमा आफुले भने अन्य फिल्म भन्दा पृथक ढ्रंगले ल्याउन लागेको नायक केसीले बताए । ३ दशक फिल्म क्षेत्रमा लागेको बताएका नायक केसीले नेपाली युवाहरु विदेश पलायन हुदै गरेको अबस्थामा आफ्नो छोरा अनमोल केसीलाई फिल्म क्षेत्रमा प्रेरण दिन लागेको बताए । विदेशी फिल्म क्षेत्रले नेपाली फिल्मलाई संकटमा पार्दै राखेको अबस्थामा नेपालमा राम्रो फिल्म बनाउनु आफैमा बढी चुनौती रहेको उनले बताए । नेपाली फिल्म ईतिहासमा राम्रो फिल्म बनाउन आफु कटिवद्ध रहेको बताउदै नायक केसीले करीब ८० लाखमा निमार्ण गर्ने तयारी गरेको ड्रिम्स फिल्मको लागत एक करोड २५ लाख हुने बताए ।

पोखरा क्षेत्रमा करीब ५० प्रतिशत जसो, माथिल्लो मुस्ताङमा १५ प्रतिशत छायाङकन सकिएको बताएका केसीले ३० प्रतिशत जसो काठमाण्डौमा छायाङकन हुन बाँकी रहेको बताए । निर्देशन र आफ्नै लगानीमा निमार्ण हुन लागेको ड्रिम्स नामक फिल्म पोखरामा करीब एक महिना छायाङकन भएको हो । भूकम्पबाट प्रभावित भएको राजधानि लगायतका धेरै जिल्लामा मानिसहरु पुर्ववत रुपमा काममा फर्किन नसकि राखेको अबस्थामा भने नायक भुवन केसी सहितको टोली फिल्मको छायाङकन गर्न पोखरामा व्यस्त भएका हुन । नायक केसीले आफ्ना छोरा अनमोल केसीलाई नायकको भुमिका दिएका छन भने सामराज्यलक्ष्मी शाहलाई नायिकको भुमिका दिएका हुन ।

आगामी भदौसम्ममा निमार्ण गर्ने तयारी गरे पनि भूकम्पबाट उक्त फिल्म करीब ६ महिनामा तयार हुने भएको केसीले जनाए । उक्त फिल्म अग्रेंजी भाषामा समेत अनुवाद  गरी संसारभर एकै साथ प्रदर्शनी गर्ने योजना भएको नायक केसीले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *