ताजा खबर

जलविद्युत्को दिगो विकासका लागि आइएफसीको अनुदान

काठमाडौं, २०७२ असार ९,

जलविद्युत्को दिगो विकासका लागि करिब रु ९० लाख अनुदान उपलब्ध गराउन अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सहमत भएको छ ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको सभाकक्षमा आज आयोजित एक कार्यक्रममा नेपाल सरकारका तर्फबाट विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव महेन्द्रमान गुरुङ र आइएफसीका निर्देशक मेरी पोर्टर पेश्छाले सहमति पत्रमा हस्ताक्षर गरे ।

प्राप्त अनुदानबाट जलविद्युत्को विकासमा गुणस्तरीय प्राविधिक, वातावरणीय तथा अन्तर्राष्ट्रिय औद्योगिक अभ्यास अपनाउने र जलविद्युत्को विकासबाट सामाजिक तथा वातावरणमा पारेको नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्नेछ ।

स्रोत : कारोबार

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *