ताजा खबर

फ्रेन्च राष्ट्रपतिमाथि अमेरिकी जासुसी

पेरिस, २०७२  असार ९ ,

अमेरिकी राष्ट्रिय सुरक्षा निकाय (एनएसए) ले २००६ देखि २०१२ सम्मको अवधिमा फ्रान्सका विभिन्न राष्ट्रपतिहरु ज्याक सिराक, निकोलास सार्कोजी र फ्रास्वा ओल्यान्डमाथि जासुसी गरेको विकिलिक्सले जनाएको छ ।

एनएसएसबाट पाएको सूचनालाई उद्धृत गर्दै विकिलिक्सले यस्तो जनाएको हो । एनएसएमाथि जर्मन चान्सलर एंगेला मर्केलमाथि पनि जासुसी गरेको आरोप लागेको थियो । अमेरिकाको यस किसिमको गतिविधि सहन नसक्ने फ्रान्सेली राष्ट्रपति फ्रास्वा ओल्यान्डले बताएका छन् ।

Related posts