ताजा खबर

”मिस टिन एलएलसीमा २७ छात्रा”

२०७२ असार ९,

काठमाडौं/ मिस टिन एसएलसी २०१५ को फाइनल १६ असारमा राजधानीमा हुने भएको छ । स्टार वन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको प्रतियोगितामा एसएलसी परीक्षा दिएका २७ छात्रा प्रतिस्पर्धामा छन् । प्रतियोगितामा अनुशा थापामगर, रोजिता महर्जन, अर्सुला सुवेदी, जुनु लामा, जोसना महर्जन, जिम्मी महर्जन, रोनिभा थापा, स्यारोन राई, सेविका कोइराला, सिमरिका लामा, बिनीता कार्की, रोजिना तामाड., दिव्या थापा, निमा तामाङ, आस्था कार्की, मनिका श्रेष्ठ, विपना श्रेष्ठ, रिना तामाङ, यमुना खड्का, ओजस्वी कोइराला, पलिस्था महर्जन, ओसिन राई, सुजता केसी, सुजता श्रेष्ठ, नमुना गिरी र जेनिफर तामाङ प्रतिस्पर्धामा छन् । शीर्ष उपाधि विजेतालाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनुका साथै आइएलटिएस, टफेल र भाषा प्रशिक्षणलगायतका गिफ्ट प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले जनाएकी छिन् । रिवन इन्टरटेनमेन्टको व्यवस्थापनमा हुने प्रतियोगिताको कोरियोग्राफर अश्विनी झा छन।

स्रोत  : नया पत्रिका

Related posts