ताजा खबर

आँप उत्पादनमा ९० प्रतिशतले गिरावट

नेपालगन्ज, २०७२ असार ९ ,

प्रतिकूल मौसमका कारण तराईमा गत वर्षको तुलनामा यसपटक आँप उत्पादनमा ९० प्रतिशतले गिरावट आएको छ । फूल फुल्ने समयमा पानी नपरेकाले उत्पादनमा ह्रास अएको हो ।

‘अघिल्लो वर्ष यो अवधिमा २ हजार क्विन्टलभन्दा बढी आँप बिक्री भइसकेको थियो,’ राधेपुर आँप बगैंचाका ठेकेदार तथा व्यापारी गोपाल खड्काले भने, ‘अहिले उत्पादन कम हँुदा १ सय क्विन्टल मात्र बिक्री भयो ।’ उत्पादन घटे पनि बजारमा भारतीय आँपसँग प्रतिस्पर्धा गर्नुपर्ने हुँदा मूल्यमा भने गिरावट नआएको उनले बताए । आँप उत्पादनको चक्रिय स्वभाव पनि उत्पादन घट्नुको अर्को कारण हो । ‘कुनै वर्ष धेरै फल्ने र कुनै वर्ष कम फल्ने कारणले यस्तो भएको खड्काको अनुमान छ ।

तराईमा गत वर्ष थप १ हजार ५ सय हेक्टर क्षेत्रमा करिब २ लाख २३ हजार टन उत्पादन भएको थियो । देशको कुल आँप उत्पादनको करिब ८० प्रतिशत तराईबाट हुन्छ । त्यसमा पनि मध्य तराईका ७ जिल्लाबाट कुल उत्पादनको करिब ३० प्रतिशत र पूर्वी तराईका ५ जिल्लाबाट करिब २५ प्रतिशत आँप उत्पादन हुन्छ । आँप बढी उत्पादन हुने जिल्लामा सिरहा, सर्लाही, महोत्तरी, मोरङ र कपिलवस्तु हुन् ।

स्रोत  : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *