कास्की, २०७२ असार ९ ,
समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ल्याइएको योजना अधिकांश निर्माण पूरा गरेको जनाइएको हो । ‘यो रकममध्ये चार करोड रूपैयाँ निकासा हुन बाँकी छ,’ समितिका अध्यक्ष सुमन देवकोटाले भने, ‘केही निर्माण पूरा हुने प्रक्रियामा छन् ।’ उनका अनुसार २०४० मा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात् पोखरा रंगशालामा सरकारी तवरबाट आफ्नो कार्यकालमा पूर्वाधार निर्माण कार्य अघि बढेको हो । सामुदायिक तवरबाट भने झन्डै एक करोड रुपैयाँको लागतमा रंगशालाको पर्खाल निर्माण भएको थियो ।
०६८ सालदेखि यताको चार वर्षको अवधिमा रंगशालाभित्र अन्तर्राष्ट्रियस्तरको फुटबल चेन्जिङ रुम, फुटबल मैदानमा तारजाली, अन्तर्राष्ट्रिय स्तरको आर्चरी ट्ेरनिङ सेन्टर, सेमी कभर्डहलको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै अन्तर्राष्ट्रिय स्तरको निर्माणाधीन बहुउद्देश्यीय कभर्डहल र लनटेनिस कोर्ट निर्माणधीन अवस्थामा छन् । यस्तै, क्षेत्रगत रूपमा पनि निर्वाचन क्षेत्रीयस्तरको रंगशाला तथा मिनिकभर्डहल निर्माणका लागि खेलकुद परिषद्मा प्रस्ताव गरिएको छ ।
खेलकुदको पूर्वाधारलाई ग्रामीण तहसम्म पुर्याउन गौरीशंकर, गोस्तेघाट, सार्दिखोला, मौजा, ढिकुरपोखरी, भरतपोखरी र आनन्दज्योति लगायतका क्षेत्रमा खेल मैदान निर्माण भइरहेको समितिले जनाएको छ । समितिले आगामी वर्षका लागि पूर्वाधारतर्फ २३ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्ताव गरेको अध्यक्ष देवकोटाले बताए । उनी लगायत कार्यसमितिको चार वर्षे कार्यकाल असार १३ मा सकिँदै छ ।
स्रोत : कान्तिपुर