ताजा खबर

आधुनिक नेपाल बन्छ : प्रधानमन्त्री

काठमाडौँ, २०७२  असार ८,

प्रधानमन्त्री सुशील कोइरालाले आधुनिक र विकसित नेपाल बन्ने विश्वास व्यक्त गरेका छन् । उनले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको कान्तिपुर मिडिया ग्रुपको टोलीसँग उनले भने, “हिजोका कमीकमजोरीलाई हटाएर आधुनिक नेपाल बनाउन भनेर लागेको छु । म यसमा प्रतिबद्ध छु । आधुनिक नेपाल बन्छ । हामी अभियानमा सफल हुनेछौँ ।”

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल संविधानको साथसाथै पुनःनिर्माणको मार्गमा पनि हिँडिरहेको बताए । उनले हालैको भूकम्पमा भएको खोजी, उद्धार, राहत र पुनःस्थापनाका प्रयासको विदेशीले सराहना गरेको बताए ।

प्रधानमन्त्री कोइरालाले संविधानको निर्माणपछि मुलुक राजनीतिक स्थायित्व र शान्तिको मार्गमा पुग्ने भएकाले विकासले गति लिने बताए । प्रकृतिले दिएका स्रोतको उपयोग गरेर नै नेपाल समृद्ध बन्ने बताउँदै उनले भने, “म नेपालको भविष्यप्रति अत्यन्तै आशावादी छु । मुलुक अब अगाडि बढ्यो ।

स्रोत : कारोबार

Related posts