ताजा खबर

‘सम्झौता कार्यान्वयन हुनुपर्छ’

२०७२ असार ८,

जनकपुर/ पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले संविधान निर्माणमा देखिएका गतिरोध अन्त्यका लागि चार दलबीच भएको १६ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन् । धनुषाको नाथपट्टी गाविसमा स्थापना गरिएको न्यु युवा वाचनालयको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उनले सहमति कार्यान्वयनमा जोड दिएका हुन् । नेता नेपालले संविधान निर्माणका लागि दलहरूबीच भएको सहमति कसैले रोक्न नसक्ने बताए । दलहरूबीच भएको सहमति रोक्ने काम भएको खण्डमा दास्रो संविधानसभा पनि असफल हुने उनले चेतावनी दिए ।

एमाले नेता नेपालले भने, ‘अहिले मुलुकमा देखिएको गतिरोध अन्त्य गरेर साउनभित्रै संविधानको खाका जारी गर्नुको विकल्प छैन ।’ संविधान निर्माणका विवादित विषयमा अधिकतम सहमति गरेर संविधान जारी गर्न कांग्रेस, एमालेसहितका दलले संकल्प नै लिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । नेपालले पुस्तकालयलाई आधुनिक प्रविधिले जोड्न आग्रह गर्दै त्यसका लागि आफ्नो तर्फबाट एक थान कम्प्युटर प्रदान गर्ने घोषणा पनि गरे । चुरे विनाश रोक्नका लागि घरघरमा वृक्षरोपण जरुरी रहेको उनले बताए ।

स्रोत : नया पत्रिका

Related posts