दिननाथ बराल
पोखरा, २०७२ असार ८,
पोखराको एक होटलमा समयमै रकम तिर्न नसके पछि नायक भुवन केसीको आफ्नै कार तथा ड्रिम्स फिल्मको गाडी सहितका सामानहरु होटलले नियन्त्रणमा लिएको खवर सार्वजनीक भए लगतै दुबै पक्षविच आन्तरीक सहमति भएको छ ।
नायक केसीले भने आफ्नो कामको शिलशिलामा होटलको हिसाव मिलान गर्न पोखरामै रहेको बताउदै होटललाई तिर्नु पर्ने सम्पुर्ण रकम आन्तरीक रुपमा मिलाएको बताए । उनले भने “ठुलो व्यावहार गर्दा दुई चार दिन ढिलो हुन्छ यसलाई मिडियाले किन बाहिर ल्यायो म त अचम्ममा परेको छु ।” आफ्नो कार कुनै होटलको नियन्त्रणमा नभएको समेत उनले बताए ।
नायक भुवन केसी सहितको टोलीले पोखरा ड्यामसाईड स्थीत पिस फुल होटलमा करीब एक महिना देखि बस्दै आएका थिए । करीब ४० जनाको टोलीले होटलमा बस्दा तथा खाना खाजाको गर्दा करीब ५ लाख बराबरको विल आए पनि उक्त रकम समयमै तिर्न नसके पछि होटलले नायक केसीको निजि कार तथा ड्रिम्स फिल्मको छायाङकनको लागि ल्याएको दुई वटा वस र सामानहरु होटलले नियन्त्रणमा लिएको गोप्य श्रोतले हामीलाई जानकारी गराएको थियो । नायक केसी सहितको टोलीले होटलको पैसा तिर्न आज भोलि भन्दा भन्दै धेरै दिन विती सकेको कारणले गर्दा होटलले बाध्य भएर उक्त गाडी सहितको सामानहरु नियन्त्रणमा लिएको थियो । यस बिषयमा जव संचार माध्यमहरुमा समाचार सार्वजनिक भए पछि होटलको जिम्मा लिएकी विन्देश्वरी श्रेष्ठ र नायक केसीले कार होटलको नियन्त्रणमा नभएको बताएका छन।
नायक केसी सहितको टोली हिजो सोमबार राजधानि फर्किने भए पनि होटलमा रकम तिर्न नसकेको कारणले गर्दा पोखरामै रोकिएको श्रोतले जनाएको छ । नायक केसी सहितको टोलीले उक्त होटलमा १६ वटा भन्दा बढी रुमहरु प्रयोग गरेका थिए । सुटिङको टोली केहि दिन अघि राजधानि फर्किए पनि नायक केसी सहितको केहि टोली भने पोखरामै रहेका छन । पोखरा क्षेत्रमा करीब ५० प्रतिशत जसो, मुस्ताङमा १५ र ३० प्रतिशत जसो काठमाण्डौमा छायाङकन हुने भएको उनले बताए ।
निर्देशन र आफ्नै लगानीमा निमार्ण हुन लागेको ड्रिम्स नामक फिल्म पोखरामा करीब एक महिना छायाङकन भएको हो । भूकम्पबाट प्रभावित भएको राजधानि लगायतका धेरै जिल्लामा मानिसहरु पुर्ववत रुपमा काममा फर्किन नसकि राखेको अबस्थामा भने नायक भुवन केसी सहितको टोली फिल्मको छायाङकन गर्न पोखरामा व्यस्त भएका हुन । नायक केसीले आफ्ना छोरा अनमोल केसीलाई नायकको भुमिका दिएका छन भने सामराज्यलक्ष्मी शाहलाई नायिकको भुमिका दिउका हुन । आगामी भदौसम्ममा निमार्ण गर्ने तयारी गरे पनि भूकम्पबाट उक्त फिल्म करीब ६ महिनामा तयार हुने भएको केसीले जनाए । एक करोडको लागतमा निमार्ण हुन लागेको उक्त फिल्म संसारभर एकै साथ प्रदर्शनी गर्ने योजना भएको नायक केसीले जनाए ।