ताजा खबर

४ बर्षे कार्यकालमा १७ करोडको भौतिक संरचना थप भौतिक संरचनाको लागि २७ करोडको प्रस्ताव

दिननाथ बराल
पोखरा, ८ असार

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाको आफ्नो ४ वर्षे कार्यकालमा १७ करोड मुल्य बराबरको खेलकुदको भौतिक संरचनाको काम भएको बताएका छन । २०६८ मा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्री भएको समयमा नियुक्ती भएका देवकोटाको पोखरा रंगशालामा खेलकुदको भौतिक संरचनामा उक्त मुल्य बराबरको काम गरेको मंगलबार पत्रकारसंग कुराकानी गर्दै बताएका हुन ।

उनले भने “राष्ट्रिय गौरवको योजना १४ करोड मुल्य बराबरको नेपालमै पहिलो पटक पोखरामा बहुउद्धेश्य कवर्ड हल निमार्ण हुदै छ ।” आफ्नो ४ बर्षे कार्यकालको समयमा उक्त कवड हल सहित पोखरामा आर्चरी खेलको राष्ट्रिय प्रशिक्षण केन्द्र बनाएकोमा सवै भन्दा खुसि लागेको उनले बताए । उक्त बहुउद्धेश्य कवर्ड हलको लागि थप ४ करोडको काम बाँकी रहेकोले उक्त रकम जति सक्दो छिटो निकासा हुनु पर्ने माग गरे । पोखरामा हाल भएको क्रिकेट मैदान ७५ मिटरको रेडियसमा भएकोले यसलाई अन्तराष्ट्रिय मान्यता प्राप्त अनुसार निमार्णको लागि ९० मिटरको रेडियसमा बनाउन थप ८ करोड ८३ लाख, सार्वजनीक सौचालय निमार्णको लागि, आर्चरीमा होस्टेल निमार्णको लागि, फुटवल मैदानको बाहिरि क्षेत्रमा पर्खाल लगाउनको लागि लगाउयतका खेलकुदका भौतिक संरचनाको लागि विभिन्न निकायमा आर्थिक बर्षको लागि करीब २७ करोड प्रस्ताव पेश गरेको अध्यक्ष देवकोटाले बताए ।

पोखराको मालेपाटनको खेलमैदानको मर्मतको लागि एक करोड ४० लाखको प्रस्ताव पेश गरीएको उनले बताए । राखेप, युवा तथा खेलकुद मन्त्रालय लगायतका सरकारी निकायमा उक्त प्रस्ताप पेश गरेको देवकोटाले जनाए । उनको नेतृत्वमा आएको टिमले १० लाखको लागतमा फुटवल चेन्जीङ रुम बनाएर भौतिक संरचनाको ढोका खोलेको हो । उनको कार्यकालको समयमा करीब ६२ लाखको लागतमा सेमिकवर्ड हल समेत निमार्ण भएको हो । कार्यकाल सकिएपनि नयाँ नियुक्ती भइनसकेकाले उनले केही दिन कार्यभार भने सम्हाल्ने भएका छन् । यद्यपी उनले महत्वपूर्ण निर्णय भने गर्न पाउने छैनन् ।

यसैबीच, अध्यक्ष देवकोटाले आफ्नो कार्यकाल सफल भएको दाबी गर्दै बाँकी योजनाहरु पुरा गर्ने गरी अर्को टिमलाई आफुहरुले समिति बाहिर रहेर पनि सहयोग गर्ने बताए । उनले भने “हाम्रो टिमले खेलकुदको पूर्वाधार विकास, खेलकुद गतिविधी, प्रशासनिक सुधारसहित प्रोत्साहन स्वरुप खेलकुदमा योगदान दिने व्यक्तत्वहरुलाई सम्मान गर्न थालनी को समेत सुरुवात गरेका छौं । ” अब आउने नयाँ अध्यक्ष ४ वर्षको भिजनसहित आउनुपर्ने माग गरे । देवकोटाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

Related posts