ताजा खबर

ट्याक्सी व्यावसायी समितिको आकस्मिक रक्तदानबाट १२७ युनिट रगत सकलन

दिननाथ बराल
पोखरा ८, असार
ट्याक्सी व्यावसायी समिति पोखराले मंगलबार आकस्मिक रुपमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट १ सय २७ युनिट रत्तंm सकलन भएको छ । पोखरामा रगत अभाव भएकोले आकस्मित रुपमा समितिको परिसरमा आयोजना भएको रक्तदान कार्यक्रमबाट उक्त युनिट रक्त संकलन भएको कार्यक्रम संयोजक शोभा कान्त पौडेलले बताए ।

क्षेत्रिय रंक्त संचार केन्द्र पोखरामा केहि दिन देखि रगत अभाव भएकोले केन्द्रको आग्रहमा समितिले रक्तदान कार्यक्रम आयोजना गरेको केन्द्रका प्राविधिक अर्जुन ज्ञवालीले बताए । समितिका अध्यक्ष गान्दीराज गिरीले पहिलो रक्तदाता दान कुमारी नेपालीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन । कार्यक्रममा उपाध्यक्ष किरण बाबु पन्त, महासचिव पुर्ण गुरुङ लगायतले रक्तदानको बारेमा चर्चा गरेका थिए ।

Related posts