ताजा खबर

तातोपानीमा निरन्तर पहिरो, लिपिङ खोला थुनिएर बाढी

२०७२ असार ८,
सिन्धुपाल्चोक : अविरल वर्षा र निरन्तर पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानीको लिपिङ खोला थुनिएर बाढी आएपछि आसापासको क्षेत्रमा सतर्कता बढाइएको छ ।
खोला थुनिएर मंगलबार दिउँसो बाढी आएको थियो। यो खोला मिसिने भोटेकोशीमा पनि पानीको सतह केही बढेको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सूचना दिइएको छ ।
पहिरो निरन्तर आइरहेकोले फेरी खोला थुनिनसक्ने खतरा रहेकोले आसपासको क्षेत्रमा सतर्क  बनाइएको इलाका प्रहरी कार्यलय बाह्रबिसेका निरीक्षक मन्जिल मुकारुङले बताए । उनले भने, दिउँसो थुनिएको खोला बग्न थालेको छ। पहिरो झरिरहेकोले खतरा अझै छ।

स्रोत  : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *