ताजा खबर

पोखराको पर्यटन प्रवद्र्धनमा आइएलओले सहकार्य गर्ने

दिननाथ बराल
पोखरा, ७ असार

भूकम्पबाट खस्केको पोखराको पर्यटनलाई माथि उकास्न अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), जापानले सहकार्य गर्ने भएको छ । पर्यटनको माध्यमबाट आर्थिक विकास गराउने उद्देश्यले आइएलओले पोखराको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी) सँग सहकार्य गर्ने भएको हो ।

आइएलओ जापान र पिटिसी बीच सहकार्य गर्ने गरी एक समारोहका विच सम्झौता भएको छ । आइएलओले ‘एलइडि’ (स्थानीय आर्थिक विकास) कार्यक्रम अन्तर्गत पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने गरि सम्झौता भएको परिषद् अध्यक्ष सोम थापाले बताए । थापा र एलइडिका तर्फबाट आइएलओ नेपाल निर्देशक जोश एशालिनो बीच सम्झौता भएको परिषदले जनाएको छ ।

सम्झौता अनुसार एलइडि परियोजनाले पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागी प्रवद्र्धनात्मक सूचना दिने खालको वेभसाईट, पोखरा गाईडबुक, ब्रोसर, नक्सा सहितको सूचना पाटी निर्माण गरिदिने परिषदका अध्यक्ष थापाले जनाए । परिषदले केहि समयभित्रै पर्यटन सम्बन्धि जानकारि दिने मोवाइल एप्स बनाउने तयारी गरेको छ । थापाले भने “यो सम्झौताले ‘ग्रेटर पोखरा’ को पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निभाउनेछ ।” परियोजना अन्तर्गत हालैको भूकम्प र पराकम्पन पछिको अवस्थामा रहेको पर्यटन क्षेत्रलाई
पुनरुत्थान गर्न तालिम, सेमिनार, कार्यशाला गोष्ठी लगायतका कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

परिषद् उपाध्यक्ष चिरञ्जिवी पोख्रलेका अनुसार यो सम्झौता पाँच महिनाका लागि भएको र त्यो अवधिमा पर्यटन प्रवद्र्धमा धेरै काम हुने छन । भविष्यमा अन्य विविध क्षेत्रमा साझेदारी गर्दै पर्यटन व्यवसायी श्रमिकहरु र समग्र पर्यटन उद्योगलाई अझ मजबुद बनाउन आफुहरु तयार भएको उनल बताए । पोखरा र आसपासका पर्यटकीय क्षेत्रबारे चाहेको सूचना पाउने आधिकारी वेभसाइट अहिलेको आवश्यकता भएको बताए । त्यसको माग यसले पुरा गराउनेमा उनले जनाए । परिषदका महासचिव रामु गौतमले सूचनाको अभावमना हाल धेरै पर्यटकले
भौतारिनुपरेको बताए ।

आईएलओ नेपालस्थित राष्ट्रिय निर्देशक प्रकाश शर्माले पनि यो सम्झौता पोखराका पर्यटन क्षेत्रका लागि केहि काम हुने विश्वास व्यक्त गरे। उनले भने “हामीले पर्यटन क्षेत्रमा पहिलोपटक सहयोग गर्न पाएका छौं, पोखराको पर्यटन क्षेत्रमा सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।” सम्झौताले पोखराको पर्यटन क्षेत्र झनै उत्साहि भएको परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटाले बताए ।

Related posts