दिननाथ बराल
पोखरा ७, असार
भारतको एक चर्चीत मोटर कम्पनी फोर्स मोटर्स लिमिटेडले नेपालका भूकम्प प्रभावितहरुलाई लक्षित गरी ३ वटा (२ ट्राक्स जिप र १ ट्राभलर) एम्बुलेन्स निशुल्कः सहयोग प्रदान गरेको छ । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट प्रभावित भएका जनताको राहत स्वरुप भारतको फोर्स मोटर्सले एम्बुलेन्स निशुल्क प्रदान गरेको हो ।
स्वास्थ मन्त्री खगराज अधिकारीको तथा फोर्स मोटर्स लिमिटेड इन्डियाका जनरल म्यानेजर रबिन्द्र पट्कीको आतिथ्यतामा उक्त एम्बुलेन्सहरु कम्पनीले नेपालका लागि आधिकारीक विक्रेता आयाम इन्टरकन्टीनेण्टल प्रा. लि. मार्फत “लायन्स क्लव इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ बी १ नेपाललाई हालै हस्तान्तरण गरेको हो । एम्बुलेन्सहरु लायन्स क्लव्स इन्टरनेश्नल मल्टिपल डिष्ट्रिक्ट ३२५” अन्तर्गतको डिष्ट्रिक्ट ३२५ बी १मा आवद्ध रहेका लायन्स क्लवहरु क्रमशः लायन्स क्लव अफ काठमाडौं गोंगवु, लायन्स क्लव अफ पोखरा पंचासे चौतारी र लायन्स क्लव अफ बेनी म्याग्दीको संयोजकत्योमा त्यस क्षेत्रका लायन्स क्लवहरुले संचालन गर्ने गरी सहयोग स्वरुप प्राप्त भएको आयाम इन्टरकन्टीनेण्टल प्रा. लि. का अध्यक्ष ध्रुब थापाले बताए । प्राप्त भएका एम्बुलेन्सहरु भूकम्प बाट बढी प्रभावित जिल्लाहरु
सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रका जनताको स्वास्थ सेवाका लागि परिचालीत गरिने अध्यक्ष थापाले बताए ।
नेपालका भूकम्प प्रभावित जनताको सेवा दिने उद्धेश्यले आफ्नो क्षेत्रबाट सानो् सहयोगको रुपमा वटा एम्बुलेन्सहरु सहयोग गरेको फोर्स मोटर्स लिमिटेड जनरल म्यानेजर रबिन्द्र पट्कीले बताए । स्वास्थ मन्त्री खगराज अधिकारीले फोर्स मोटर्सले आफनो उत्तरदाहित्व अन्र्तगत विपदमा परेकाहरुका नेपालीको लागि उक्त एम्बुलेन्स जस्तो सेवा प्रदान गरेकोले भन्दै धन्यवाद दिए ।
ट्राभलर एम्बुलेन्स भारतको सर्वाधिक लोकप्रिय तथा आपतकालीन स्वास्थ सेवाका लागि बढी चलन चल्तीमा प्रयोगमा आउने एम्बुलेन्स हो । भारतको केन्दि«यसरकार साथैै विभिन्न राज्यहरुमा यसका एम्बुलेन्सहरु प्राथमिकता आधारमा संचालित छन् । ट्रेक्स एम्बुलेन्सहरु चार पाग्रे भएको हुँदा कच्ची, ग्रामीण साथै साँगुरा सडकहरुमा बढी प्रयोग गर्न सकिने भएको थापाले जनाए । कम्पनीका ट्राभलर लाईट कमर्सियल भेईकल, ट्राक्स मल्टी–युटिलिटि भेईकल एण्ड क्रस कन्ट्री भेईकल, ट्रम्प स्मल कमर्सियल भेइकल, बलवान ट्रयाक्टर्सहरुको उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ ।
फोर्स मोटर्सले हालसालै प्रश्नल तथा ्(एसयुभि) क्ग्ख् को रुपमा फोर्स वान र एक्सट्रेम अफ रोडर भेइकलको रुपमा गोर्खाको उत्पादन तथा विक्री वितिरण गर्दै आएको छ । नेपालमा आफ्नो स्थानिय डिलर मार्फत विभिन्न ट्राक्स ( १४ सिट क्षमता भएको ट्राक्स क्रुइसर, कार्गो किङ्ग, गामा), ट्रम्प ४० ,गोर्खा, ट्राभलर तथा ट्रयाक्टर्सहरु विक्री वितरण गर्दै आइरहेको आयाम इन्टरकन्टीनेण्टल प्रा. लि.का प्रवन्ध निर्देशक राजन लम्सालले जनाए ।