ताजा खबर

दुइटा पेस्तोलसहित ६ जना पक्राउ

काठमाडौ, २०७२ असार ७,
राजधानीमा डकैती र चोरीको योजनासहित हिंडेका ६ युवकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले कलंकी, चन्द्रागिरी नगरपालिकाबाट उनीहरूलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले लुटपाट गर्न हिंडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताए । पक्राउ परेकामा धादिङका बेगबहादुर तामाङ, सुनसरीका सम्राट राई, काठमाडौं झोरका सुनील तामाङ र धादिङ लापागाका सन्देश तामाङ, काजी श्रेष्ठ र प्रेम गुरुङ छन् ।

स्रोत : कान्तिपुर

Related posts