ताजा खबर

हेलिकोप्टर दुर्घटनामा, चालक र यात्रु सुरक्षित

२०७२ असार ७,
गोरखा : सिम्रिक एयरको नाइन एन एके एफ हेलिकोप्टर गोरखामा दुर्घटनामा परेको छ। पाँच यात्रुसहितको हेलिकोप्टर गोरखाको सामागाउँ गाविस–९ साम्दोमा दुर्घटना भएको हो।
अवतरण गरेर पुन: उड्ने क्रममा असन्तुलित भएको हेलिकोप्टरलाई चालकले सुरक्षित रुपमा अवतरण गराउने क्रममा पछाडिको भाग भुइँमा ठोक्किएको थियो।

सुरक्षित रुपमा अवतरण भएको हेलिकोप्टरमा आगो लाग्न थालेपछि क्याप्टेन सुरेन्द्र पौडेल तथा यात्रुहरु बाहिर निस्केका थिए। यात्रुहरुलाई सुरक्षित रुपमा बाहिर निस्कन स्थानीयले सघाएका थिए।

चालक र यात्रुहरु बाहिर निस्केपछि हेलिकोप्टरमा आगो दन्केको थियो। सिम्रिक एयरका मुख्य प्रबन्धक डिलबहादुर ओलीले उड्ने क्रममा दुर्घटना भएको जानकारी दिए। पाइलटको होशियारीले सबै यात्रु सकुशल बाहिर निस्कन सफल भएको मुख्य प्रबन्धक ओलीले बताए। हेलिकोप्टर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

मेडिकल तथा खानेपानी एवं सरसफाइसम्बन्धी टोली लिएर गएको हेलिकोप्टर सोमबार बिहान पौने ११ बजे साम्दोको गाउँभन्दा केही तलको चौरमा दुर्घटना भएको हो। हेलिकोप्टरका चालक र यात्रुहरुलाई मनाङ एयरको हेलिकोप्टरले उद्धार गरेको छ ।

स्रोत :अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *