गरिमा बन्यो राष्ट्रियस्तरको विकास बैंक

पोखरा २०७२ असार ७, 
गरिमा विकास बैंकको विशेष साधारणसभाले बैंकलाई राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव पारित गरेको छ।
आइतबार बसेको सभाले म्याग्दीको बेनीमा प्रधान कार्यालय रहेको नीलगिरि विकास बैंकलाई गाभ्ने प्रस्ताव पनि पारित गरेको छ।
हाल गरिमा विकास बैंकको चुक्ता पुँजी ५६ करोड १० लाख रुपैयाँ र नीलगिरि विकास बैंकको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ।
गाभिएर बन्ने विकास बैंकको चुक्ता पुँजी ७१ करोड १० लाख रुपैयाँ पुग्ने र निक्षेप ६ अर्ब, कर्जा प्रवाह पाँच अर्ब ५० करोड रुपैयाँ हुने गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts