दिननाथ बराल
पोखरा, २०७२ , असार ७,
मध्यपश्चिमाञ्चलले सातौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड तथा बिद्यालय खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न भएको उक्त प्रतियोगितामा मध्यपश्चिमाञ्चलले २ सय ४२ अंक जोड्दै उपाधि जितेको हो । फोफसलमा पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा मध्यपश्चिमाञ्चल पहिलो पटक उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम राष्ट्रिय खेलकुद परिषदको आयोजना क्षेत्रिय खेलकुद विकास समितिको व्याबस्थापनमा पोखरामा आयोजना भएको उक्त प्रतियोगितामा पश्चिमाञ्चल दोश्रो भयो । पश्चिमाञ्चलले १ सय ९७ अंक ल्याउदै दोश्रो भएको हो भने १ सय ६९ अंक ल्याएको मध्यमाञ्चलले तेश्रो भएको हो ।
विजेताले उपाधि सहित २५ हजार, उपविजेताले ट्रफि सहित २० हजार र तेश्रो भएको मध्यमाञ्चलले ट्रफि सहित १५ हजार नगद पुरस्कार हात पारे । १ सय १५ अंकमा पूर्वाञ्चल चौथो तथा ९२ अंकमा सुदूरपश्चिमाञ्चल पाँचौं स्थानमा रहे । प्रतियोगिताको तेश्रो तथा अन्तिम दिन पोखरा रंगशालामा भएको छात्राको ८ सय मिटर दौडमा पश्चिमाञ्चलकी गुडिया गुप्ता पहिलो भइन् । गुडियाले निर्धारित दूरी २ मिनेट ३९.१ सेकेन्डमा पूरा गरिन् । मध्यमाञ्चलकी अमिसा श्रेष्ठ दोश्रो भए । सोही ईभेण्टमा छात्र पूर्वाञ्चलका रविलाल पुरी प्रथम भए । रविले निर्धारित दूरी २ मिनेट ०८.५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । सुदूरपश्चिमाञ्चलका धनबहादुर साहु दोश्रो भए।
भलिवल तर्फ पश्चिमाञ्चल र मध्यमाञ्चललाई स्वर्ण भलिबलको छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चलले स्वर्ण पदक जितेका छन।
सोमबार भएको फाईनल खेलमा दुवै समूहको प्रतिद्धोन्दी टीमलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएका हुन। छात्रको फाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१८, २५–१८, २५–२७, २६–२८ र १५–९ को सेटमा पराजित ग¥यो । छात्राको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २५–१५, १९–२५, २५–१९ र २५–२३ को सेटमा पराजित गर्ेको हो । छात्रमा पश्चिमाञ्चलका कमल सुनार र छात्रामा मध्यमाञ्चलकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिता अन्तर्गत अघिल्लो दिन सम्पन्न तेक्वान्दो, कराते र उसुमा मध्यमाञ्चलले उपाधि जितेको थियो । टिम च्याम्पियनको उपाधिमा यि तीन खेलको अंक भने जोडिएको छैन । विजेतालाई प्रमुख जिल्ला अधिकारी, कास्कीका कृष्ण बहादुर राउत, सशस्त्र प्रहरी बलका उपरिक्षक गणेश संग्रौला, राष्ट्रपति रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य–सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरे, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए । तीनदिने प्रतियोगिताको एथलेटिक्समा २६, भलिबलमा २, करातेमा ८ तथा उसु र तेक्वान्दोमा समान ६–६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पाँच विकास क्षेत्रबाट ७४ का दरले जम्मा ३ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगिता पहिलो पटक मोफसलमा आयोजना गरिएको हो । भूकम्पको प्रभावले गर्दा काठमाण्डौमा उक्त
प्रतियोगिता आयोजना गर्न नसक्ने गरी केहि खेलका संरचना भत्केका कारण पोखरामा उक्त प्रतियोगिता आयोजना भएको हो ।