ताजा खबर

दुई करोडको लागतमा पोखरामा ले क्याफे संचालनमा

दिननाथ बराल
पोखरा, २०७२  असार ७,

अतिथि गु्रपद्धारा पोखराको मुख्य पर्यटकीय स्थल लेकसाईडमा अतिथि रिसोर्ट हुदै क्याफे ईटालियनो रेष्टुरेण्ट संचालनमा ल्याए लगतै स्थानीयलाईं लक्षित गरी पोखराको व्यस्त बजार महेन्द्रपुलमा ले क्याफे संचालनमा ल्याएको छ । भूकम्पले गर्दा पर्यटकीय क्षेत्र लेकसाईडमा पर्यटकहरुको आमगन कम भएकोले गु्रपको खर्च सन्तुलन राख्न पनि आफुहरुले स्थानीयलाई लक्षित गरी पोखराको महेन्द्रपुल क्षेत्रमा गुणस्तरीय सेवा दिने उद्धेश्यले ले–क्याफे संचालनमा ल्याएको संचालक मध्यका एक भरतराज पौडेल (शर्मा) ले बताए ।

करीब ३ बर्ष अघि करीब २० करोडमा अतिथि रिसोर्ट संचालनमा ल्याएको अतिथि ग्रुपले गत फागुन देखि लेकसाईडको अम्बोटमा ५ करोडको लागतमा क्याफे ईटालियनो रेष्टुरेण्ट संचालनमा ल्याएको ४ महिना वित्न नपाउदै २ करोडको लागतमा उक्त क्याफे संचालनमा ल्याएको शर्माले बताए । उनले भने “हामीले गुणस्तरीय सेवा दिने उद्धेश्यले स्थानीयलाई लक्षित गरी क्याफे संचालनमा ल्याएका हौं, यस क्षेत्रमा रहेका रेष्टुरेण्टहरुकै मुल्यमा हामीले सेवा दिने छौं ।” युरेपेली, भारतीय र नेपाली चलनचल्तीमा रहेका खानाको परिकारहरु उपलब्ध हुने भएको उनले बताए । ७ बर्षको लागि उक्त गु्रपले भाडामा लियर उक्त क्याफे संचालनमा ल्याएको हो । यो अबस्थामा क्याफेले २८ जनालाई रोजगार दिएको शर्माले जनाए । पोखराको पृथ्बीनारायण क्याम्पसमा अध्यापन गराउदै आएका ज्ञानेन्द्र पौडेलले उक्त क्याफेमा आगन्तुको रुपमा लगानी गरेका छन ।

उक्त क्याफेमा दुई सय जना, ५० जना र २० जना क्षेमताको वातावरण अनुकुलित (एसी) सहितका हलहरु तथा प्राप्त मात्रमा पार्किङको समेत व्याबस्था भएको शर्माले बताए । उनले भने “भूकम्प भनेको प्राकृतिक विपद् हो, यो जुन सुकै मुलुकमा पर्न सक्छ, हाम्रो देशमा हाल परेकोले यसको असर केहि महिना परे पनि पर्यटनको अर्काे सिजन पहिलेकै अबस्थामा फर्किने छ । ”क्याफेमा वालवालीकाहरुको लागि गार्डेन समेत रहेको शर्माले जनाए ।

ट्रेडिङ रिटेल तथा लक्ता कपडाको व्यावसाय गर्दै आएको पौडेल चार दाजुभाईले जनआन्दोलन २०६२÷०६३ पछि पर्यटन क्षेत्रमा हात हालेका हुन । रामजी पौडेल, लक्ष्मण पौडेल, भरतराज पौडेल (शर्मा) र सर्तुधन पौडेल चार दाजुभाईद्धारा स्थापित अतिथि ग्रुपमा रहेका छन ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *