ताजा खबर

नेपालको पर्यटनलाई उठाउँन सहयोग गर्न तयार छौं : अर्थमन्त्री महत

कास्की,२०७२  असार ६,

अर्थमन्त्री रामशरण महतले देश अहिले संकटको घडीमा रहेको भन्दै अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन क्षेत्र पनि प्रभावित रहेको बताउँदै त्यसको पुर्नउत्थानका लागि सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । विनाशकारी भूकम्पपछिको नेपाल र पर्यटन विषयका बारेमा पोखरामा विकास समिति, व्यवथापिक संसदले आयोजना गरेको कार्यशाला गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपाल दक्षिण एशियामै पर्यटन क्षेत्रको राजधानी समेत भएको दाबी गर्दै अर्थमन्त्री महतले भने, ‘पर्यटन विकासको लागि सरकारले प्राथमिकताका साथ कुनैपनि सहयोग गर्न तयार छौं ।’

मन्त्री महतले नेपाल सानो मूलक भएता पनि जैविक विविधता र हावापानीको विविध स्वादले धनी भएको बताउँदै पाटन, ललितपुर, भक्तपुर, नुवाकोट लगायत गोरखा, मुस्ताङ, मनाङ जस्ता क्षेत्रमा कलात्मक दरबार, मन्दिर, पाटीपौवा पर्यटन क्षेत्रका लागि यी सम्पदा उपयोगी हुने बताए ।

कतिपय ठाउँमा पुरातात्विक सम्पदा भूकम्पले गर्दा चर्किएका र भत्किएकाले ति संरचनाहरुको छिटो भन्दा छिटो पूर्नः निर्माण गरिनुपर्ने बताउँदै त्यसका लागि आवश्यक स्रोत जुटाउन मन्त्री महतले असार १० गते काठमाडौंमा दाता सम्मेलनको आयोजना हुन लागेको बताए ।

सो आयोजनामा ४० मुलकका १११ जना प्रतिनिधी सहभागी हुने छन् भने विभिन्न राष्ट्रहरुबाट ३ सय जना मन्त्री तथा प्रतिनिधी आउँने क्रमजारी रहेको बताए । नेपालको पर्यटन क्षेत्रलाई रिभाईज गर्न, पर्यटन क्षेत्र विकास र प्रबद्र्धन गर्न सम्मलेन हुन लागेको उनले बताए ।

उनले पर्यटन क्षेत्रलाई उकास्न देशमा विमानस्थल निर्माणको कार्य तिब्र पारिने बताउँदै लुम्बिनीमा अन्र्तराष्ट्रिय विमानस्थलको काम सुरु भएको र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको बजेट प्रारम्भिक चरणमा रहेको बताउँदै पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि चिनले सहयोग गर्ने र यसको कुरो छिट्टै टुङ्गो लाग्ने बताए ।

उनले संकटमा रहेको नेपालको पर्यटन क्षेत्रको थप विकास गर्न सरकार र सबै नेपाली एक हुनुपर्ने बताए । देशमा राजमार्ग, रेलमार्ग, केबुलकार, मध्यपहाडी लोकमार्गको छिट्टै विकास र विस्तार गरिने अर्थमन्त्री महतले बताए ।

देशभित्र आएको विनाशकारी भूकम्पले ८० लाख नेपाली जनता घाईते हुँदा २ महिनाभित्र राहातको माग पुरा गर्नु यति सानो मुलुकका लागि साहस कुरा हो भन्दै अन्र्तराष्ट्रिय जगत्मा नेपालले चर्चा पाउँनु ठूलै उपलब्धी भएको दाबी गरे ।

अर्थमन्त्री महतले भने, ‘देशमा भूकम्प जाँदा ३ हजार नेपालीलाई हेलिकप्टरबाट उद्धार गर्नु चानचुने कुरो होईन, २५ हजार घाईतेलाई अस्पतालहरुले उपचार गरेको छ । कुनै भूकम्प पिडितले औषधी उपचार नपाएर, गाँस, बास, कपास नपाएर, मानवीय सेवा, सुविधा पाईन भनेर भन्न परेको छैन । यस्तो विनाशकारी भूकम्पससँग लड्नसक्ने खुबी नेपालसँग छ ।’

स्रोत: रातोपाटी

Related posts