मोटाइएला भन्ने चिन्ता छ ?

२०७२ असार ६,

सहरी जीवन र मोटोपन निकै टाउको दुखाइको विषय हो । त्यसपछि सुरु हुने दौड, व्यायाम, डाइटिङको शृंखलाले त हैरान बनाउने भइहाल्यो । तर, केही सामान्य कुरालाई याद गर्ने हो भने यति धेरै चिन्ता गरिहाल्नुपर्ने स्थितिचाहिँ आउँदैन । जानौँ, केही टिप्स :

  • निश्चित समयको फरकमा खाना खानुहोस् । हरेकपटकको खाना चार सयभन्दा बढी क्यालोरी नहोस् भन्नेमा सचेत रहनुहोस् । जंक फुड निषेध नै गर्नुहोस् ।
  • अफिसमा काम गर्दा कुर्सीमा लामो समय बस्नुपर्ने हुन सक्छ । त्यसवेला गोडा भुइँमा ‘ट्याप’ गर्नुहोस् । लामो समय नबस्नुहोस् । कहिलेकाहीँ यताउता हिँडडुल गर्नुहोस् ।
  • कामको चापले आत्तिनुपर्ने कुरा केही छैन । यसले हामीलाई केही हुदैन । काम नभएको समयमा गफलाई भन्दा हिँड्न र संगीतमा नृत्य गर्नतिर लाग्नुहोस् ।
  • हरेक दिन घटीमा पनि आठ गिलास चिसो पानी पिउनुहोस् । कोल्ड ड्रिंक्सले क्यालोरी पनि बढाउने हुँदा त्यसलाई निषेध गरौँ । खाना र अन्य पदार्थ खाएपछि पनि पानी पिउन नबिर्सनुहोस् ।
  • लिङ्खटको प्रयोग गर्न छोड्नुहोस् । सिँढी चढ्ने र ओर्लने बानी गर्नुहोस् । कहिलेकाहीँ बच्चाझैँ बन्नुहोस् र सिँढी उक्लने र ओर्लने गर्नुहोस् । यसले रमाइलो त हुन्छ नै, तपाईंलाई मोटोपनको तनावले पनि छोड्छ ।
  • आफ्नो झोला आफैँ बोक्नुहोस् । सामान बोक्दा तपाईंको स्वास्थ्यलाई फाइदा गरिरहेको हुन्छ भने किन नबोक्ने ?
  • हरेकपटकको खानामा चार ग्राम फाइबर समावेश गर्ने कोसिस गर्नुहोस् र दिनमा २५ ग्रामजति । कार्बोहाइड्रेट कम गर्नुहोस् । फाइबरयुक्त खाना बढी चपाउनुपर्ने भएकाले हर्मोन उत्पादन पनि वृद्धि हुन्छ । खाजामा फलफूल समावेश गर्दा राम्रो । एउटा ठूलो स्याउमा करिब पाँच ग्राम फाइबर हुन्छ । त्यस्तै एक कचौरा काँचो ब्रोकाउलीमा पनि त्यति नै फाइबर हुन्छ ।

स्रोत : नयापत्रिका

Related posts