चिली, २०७२ असार ६
कप्तान लियोनल मेसीले १०० औं क्याप जितेको खेलमा अर्जेन्टिना विजयी भएको छ । पहिले नै कोपा अमेरिकाको क्वाटरफाइनल पुगिसकेको अर्जेन्टिनाले गए रातिको खेलमा जमैकालाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि बिजयी गोल गोञ्जालो हिगुइनले गरे ।
जितसँगै अर्जेन्टिना समूह विजेता बनेको छ । यससँगै क्वाटरफाइनलमा अर्जेन्टिना र ब्राजिलको खेल पर्ने संभावना पनि कम भएको छ ।
अर्को खेलम उरुग्वे र पारग्वेले १–१ को बराबरी खेले । बराबरीसँगै दुवै टिम क्वाटरफाइनल प्रवेश गरेका छन् । खेलको २९ औं मिनेटमा उरुग्वेका जोसे गिमिनेजले गोल गरे भने पाराग्वेका लागि लुकास बार्सिओसले त्यसको केही मिनेटमा बराबरी गोल फर्काए ।
समूहमा दाेस्राे भएकाे पाराग्वेले समूह सीकाे विजेतासँग क्वाटरफाइनलमा खेल्ने छ । तेस्राेमा रहेमध्येकाे उत्कृष्ट भएकाे अाधारमा उरुग्वे अन्तिम आठमा पुगेकाे हो ।
स्रोत : कान्तिपुर