२०७२ असार ६,
फेसनेवल जीवनशैलीका कारण चर्चामा आएका सेलिब्रेटी संसारमा धेरै छन्। वास्तवमा सेलिब्रेटी र फेसन एकअर्काका परिपूरक नै मानिन्छ।
संसारका अधिकांश सेलिब्रेटी फेसनेबल जीवनशैलीबाट अलग छैनन्। तर एक व्यक्ति वा सेलिब्रेटीमात्रै होइन सिंगो परिवार नै फेसनप्रेमी पनि छन्।
कतिपय सेलिब्रेटीले परिवारबाटै फेसनेवल एवं स्टाइलिस हुने प्रेरणा पाएका उदाहरण प्रशस्त पाइन्छ।
स्टाइलिस फेमिलीको कुरा गर्दा हलिउड बलिउड सेलिब्रेटी धेरै देखिन्छन्। त्यस्ता केही प्रतिनिधि परिवारका बारेमा यहाँ चर्चा गरिएको छ।
धेरैका लागि फेसन आइकन
बाराक ओबामा परिवार
अमेरिकाको राजनीतिक इतिहासमा प्रथम अश्वेत राष्ट्रपति बनेपछि बाराका ओबामाको चर्चा चुलिन थालेको हो। राष्ट्रपतिको चुनावी अभियानदेखि नै उनले जित्ने सर्वेक्षणहरूले देखाएको थियो।
उनको अभियानमा साथै हुन्थे पत्नी मिसेल ओबामा र दुई छोरी पनि।
त्यतिबेलै मिसेल ओबामाको फेसन सेन्सले सबैलाई आकर्षित गरेको थियो।
जब उनी प्रथम महिला बनिन् हरेक कार्यक्रममा उनको उपस्थिति बढ्न थाल्यो।
सञ्चारमाध्यमका लागि आकर्षण बन्न थालिन्। त्यसपछि संसारभर फैलिन थाल्यो उनको फेसन जादु।
मिसेलको ड्रेसअपलाई संसारमा धेरैले मन पराउँछन्। मिसेलमात्रै होइन बाराक र दुई छोरी मालिया र सासा पनि त्यत्तिकै फेसनेवल छन्।
ओबामा परिवारलाई संसारमै फेसनेबल परिवार मानिन्छ।
फेसन पावरहाउस
केट हड्सन परिवार
अभिनेत्री तथा गायिका केट हड्सनको परिवारलाई फेसन आइकन मानिन्छ।
रेड कार्पेटमा हड्सनको स्टाइलिस शैलीले थुप्रैलाई मोहित बनाएका उदाहरण प्रशस्त छन्।
उनी जहाँजहाँ पुग्छिन्, फेसन र स्टाइलका कारण तरंग ल्याइदिन्छिन्।
उनको सिंगो परिवार फेसनेवल भएकाले हलिउडमा हड्सनको घरलाई ‘फेसन पावरहाउस’ भन्ने गरिएको छ।
उनले आफ्नै फेसन ब्रान्डको पहिरन हाउस ‘एन टेलर’ पनि चलाएकी छन्।
केट हड्सनका परिवार विश्वमै फेसनेवल परिवारमा गरिन्छ।
सानाठूला उत्तिकै स्टाइलिस
पेरिस हिल्टन परिवार
संसारमा पेरिस हिल्टनको फेसन सेन्सलाई पछ्याउनेको कमी छैन। पहिरनमा उनी जति सोखिन छिन् आफूले लगाएका पहिरनका कारण त्यत्तिकै विवादमा पनि आउने गरेकी छन्।
पृथक् शैलीका पहिरन छनोटमा गनिने पेरिस अनिनेत्री एवं मोडेल भएकाले संसारमै उनको जीवनशैलीको चर्चा हुनु स्वाभाविकै हो।
तर उनको सिंगो परिवार हलिउडमा ‘लिडिङ फेसन मोडल’ बन्न पुगेको छ।
रिचार्ड, क्याथे, रिस बारोनलगायत हिल्टन परिवारका सबै सदस्य उत्कृष्ट परिहरनमा कहलिएका छन्।
विश्व फेसनमा हिल्टन परिवारको नाम छुटाउन मिल्दैन। यो परिवारमा सानादेखि ठूला सबै सदस्य उत्तिकै फेसनबल देखिन्छन्।
शासन र फेसनमा उत्तिकै सान
बेलायतको राजपरिवार
संसारमा सबैभन्दा पुरानो राजतन्त्र भएको मुलुक हो, बेलायत। बेलायती जनताले राजसंस्थाप्रति अहिले पनि त्यतिकै श्रद्धा र सम्मान गर्छन्।
जसको मुख्य कारण मानिन्छ महारानी एलिजाबवेथको कुशल शासनकला।
शासनमा बेलायती राजपरिवारको जति सान र मान त्यत्तिकै स्टाइलिस्ट फेमिलीका रूपमा पनि चिनिन्छ।
अहिले पनि महारानी एलिजावेथ, डच अफ क्याम्ब्रिज केट संसारमै हाई प्रोफाइल सुन्दर तथा स्टाइलिस महिलामा गनिन्छन्।
प्रिन्सेस डायनाको छवि पनि त्यस्तै थियो। सो परिवारको फेसन शैलीलाई लाखौंले पछ्याउने गरेका छन्।
बलिउडको रोयल फेमिली
अमिताभ बच्चन परिवार
आफ्नो समयमा बलिउडमा एकछत्र राज गरेका थिए अभिनेता अमिताभ बच्चनले।
उनले बोलेका संवाद, लगाएका पोसाकबाट सबै प्रभावित हुन्थे। अहिले पनि उनको प्रभाव बलिउडमा त्यत्तिकै छ।
अभिताभको प्रभावमा अर्की स्टार जया बच्चन, अभिनेता छोरा अभिषेक बच्चन, पूर्वविश्व सुन्दरी ऐश्वर्या राय बच्चनसमेत थपिपछि यो परिवारको रवाफ झनै बढेको छ। फेसनमा हरेकको आआफ्नै पहिचान र आकर्षण छ।
बच्चन परिवार अहिले बलिउडमा मात्रै होइन संसारमै सुन्दर परिवारमा गनिन्छ।
कतिपयले बच्चन परिवारलाई बलिउडमा ‘रोयल फेमिली’ समेत भन्ने गरेका छन्।
परिवार नै सेलिब्रटी
किम कादर्सिन परिवार
फेसन, मोडलिङ एवं अभिनय क्षेत्रमा लाग्नेका लागि परिचित नामको किम कादर्सिन।
आफ्नो काममा उनी जति पोख्त छिन् विभिन्न हर्कतका कारण त्यत्तिकै चर्चामा आउने गर्छिन्।
बिन्दास जीवनशैलीका कारण हल्लैहल्ला, विवादै विवादबीच अगाडि बढिरहेकी किमको परिवार फेसनेवल र स्टाइलिस छन्।
र्याप स्टार पति केने वेस्टको आफ्नै छवि छ। आआफ्नो क्षेत्रमा स्थापित किमको परिवारका दिदीबहिनी पनि चर्चित छन्।
कादर्सिन परिवारमा सबैजना सेलिब्रेटी हुनुका साथै फेसनेबल भएकाले स्टाइलिस फेमिलीको कुरा गर्दा यो परिवारको नाम छुट्दैन।
खेल र फेसनको दोभान
डेभिड बेहक्याम परिवार
लगभग दुई दशकसम्म फुटबलमा छाएका डेभिड बेहक्याम खेलसँगै स्टाइलिस्ट पर्सनालिटीका रुपमा पनि कहलिए।
बेहक्यामलाई विश्वविख्यात मोडल तथा गायिका भिक्टोरियाको साथले सुनमा सुगन्ध थपिदिएको छ। अहिले यो परिवारलाई संसारकै सर्वाधिक फेसनेबल परिवारमा मानिन्छ।
डेभिडले संसारका उत्कृष्ट ब्रान्ड एच एन्ड एम, एडिडासलगायतको विज्ञापनमा काम गरिसकेका छन्।
उनीहरूको १५ वर्षीया छोरा ब्रोकल्यान बेहक्याम पनि फेसनमा कहलिसकेका छन्।
त्यसैगरी १२ वर्षीया रोमियो र तीन वर्षीय हार्परले पनि उनीहरूको बाटो पछ्याउन थालिसकेका छन्।
स्रोत : अन्नपुर्णपोस्ट