ताजा खबर

संविधान निमार्ण प्रकृया अब कुनै पनि हालतमा रोकिदैन सभामुख–नेम्वाङ

दिननाथ बराल
पोखरा, २०७२  असार ६,

संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङ्गले संविधान निमार्ण प्रकृया अब कुनै पनि हालतमा नरोकिने बताए । आईतबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख नेम्वाङ्गले संविधान सभाबाटै संविधान बन्ने दाबी गर्र्दै पछिल्लो क्रममा आएका कुनै पनि कुराले संविधान निमार्ण प्रकृयामा कुनै पनि अरोध नहुने ठोकुवा गरेका हुन ।

सर्बोच्चको आदेशले संविधान निर्माण प्रक्रिया नै अन्यौलमा परेको समयमा सभामुख नेम्वाङ्गले आईतबार नै पोखराका पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्र्दै संबिधान निमार्ण प्रकृयिालाई अबरुद्ध पार्ने गरी कुनै कुरा आफुलाई थाहा नभएको बताउदै केहि संचार माध्यममा आएको कुराको भरमा संबिधान निमार्ण प्रकृया नरोकिने पुनः दोहोराएका हुन ।

ब्यबस्थापिका संसद विकास समिति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन वोर्डको आयोजनामा आइतबार पोखरामा आयोजित ‘बिनाशकारी भुकम्प पश्चात पर्यटन क्षेत्रको उत्थान, विकास एवम् पर्यटन प्रबद्र्धनमा गरिनुपर्ने सुधारहरु’ विषयक एक दिने कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै सभामुख नेम्वाङ्गले दलहरुबीच भएको सहमतिको आधारमा संविधानसभाबाटै संविधान आउनेमा विशोस्त हुन आग्रह गरे । उनले भने “पछिल्लो क्रममा आएका केही अप्ठेराहरुले संविधान निमार्ण प्रकृया रोकिन्छ भन्ने चिन्ता नलिनुहोस, अब संविधान निर्माणको प्रक्रिया अघि बढ्यो, कसैले रोकेर रोकिदैन ।”

सभामुख नेम्वाङले देशलाई आबश्यक पर्दा नेताहरु एक हुने गरेको बताउदै धेरै लामो समय पछि दलहरु एक भएर संविधान निमार्ण हुने आधार बनेको दाबी गरे । उनले बिनाशकारी भुकम्पले जति क्षेति पु¥याएको छ त्यो भन्दा बढी प्रचारबाजी भएर देशमा पर्यटनको गतिविधिमा कम भएको बताए । उनले भने “हाम्रा पर्यटकीय धेरै गन्तव्यहरु सुरक्षित छन, हामी पर्यटकहरुलाई स्वागत गर्न तयार छौं ।” पोखरा, लुम्विनी र सगरमाथा भुकम्पले खासै कुनै प्रभाव नपरेको बताउदै उनले पोखराको फेवाताल संरक्षणमा स्थानीय निकायले बढी ध्यान दिन आग्रह गरे । उनले भने “पोखराको रत्नमन्दीर बाहिर ठुलो पर्खाल लगायर फेवातालको दृश्य छोपिएको छ, मैले सडकबाटै फेवाताल छ्याङछ्याङती देख्न पाउनु पर्द । ” पोखराको सुन्दरता कायम राख्न स्थानीय निकाय देखि प्रशासनले ध्यान दिन आग्रह गर्दै उनले नेपाली कला संकस्कृतिले पर्यटकहरुको मुख्य आकर्षण भएको बताए । पोखरालाई काठमाडौं जत्ति बिग्रि नसकेपनि केहि बिग्रिसकेकोले यसलाई समयमै बचाउन आग्रह गरे ।

पोखराको फेवाताल अतिक्रमित भएको केहि संचार माध्यममा सुन्दा आफूलाई पत्यार नलागेको सभामुख नेम्वाङ्गले बताए । उनले प्रश्न गर्दै भने “सुन्दर फेवाताल हामी आफै कसरी मिच्न सक्छौं ? कसरी अतिक्रमण गर्न सक्छौं ? अनि कसरी फोहोर गर्न सक्छौं ? मलाई अहिले पनि पत्यार लाग्दैन, तर मैले विहान फेवाताल घुम्दा जे देखेँ, त्यसलाई म अहिले पनि कल्पना मात्र होस् भन्ने चाहेको छु ।”

Related posts