दिननाथ बराल
पोखरा, २०७२ असार ६,
अर्थमन्त्री डा.रामशरण महतले काम गर्न सके बजेटको कुनै अभाव नहुने बताएका छन । आइतबार पोखरामा आयोजित ‘बिनाशकारी भुकम्प पश्चात पर्यटन क्षेत्रको उत्थान, विकास एवम् पर्यटन प्रबद्र्धनमा गरिनुपर्ने सुधारहरु’ विषयक एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उनले छुट्याइएको बजेट पनि समयमै खर्च हुन नसकेको दाबी गर्दैै क्षमता भएकालाई बजेट अभाव हुन नदिने बताएका हुन ।
उनले भने “काम शुरु गरे पछि बजेट कम होला, तर काम शुरु भएपछि बजेटले रोकिएको खासै छैन, धेरै कामहरु शुरु नै हुँदैनन्, शुरु भए पनि पूरा हुँदैन, फ्रिज हुन लागेको बजेट रकमान्तर गरेर पनि दिन सकिन्छ, म विश्वास दिलाउन चाहन्छु, काम गर्ने इच्छाशक्ति भएकालाई बजेटले रोक्दैन ।” क्षेमता बृद्धि गरी काम गर्न आग्रह गर्दै उनले निजगणको बिमानस्थल निमार्णको लागि छुट्ईएको ५० करोड हालसम्म खर्च समेत नभएको दाबी गरे ।
भूकम्पले गर्दा देशका केहि संरचनाहरु भत्के पनि पुनः मर्मत गर्न दाताहरु सकरात्मक भएकोले नेपालकै मौलिक पन झल्कनी गरी पुरानो बस्तुकला मौलिकतालाई कायम हुने गरी पुनःनिमार्ण गर्न सरकार तयार रहेको मन्त्री महतले बताए । असार १० गते हुने दाता सम्मेलनले नेपालमा विनाशकारी भूकम्प पछि नेपाल सामान्य अबस्थामा फर्किएको सन्देश विश्वसामु प्रवाह गरी लगानीको वातावरण सृजना हुने उनले बताए । नेपालको पर्यटन व्यावसायलाई पहिलेकै अबस्थामा पुराउन दाता सम्मेलन एक कोषेढुंगा सावित हुने समेत उनले जनाए ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्णको काम केहि ढिलाई भएको बताउदै मन्त्री महतले अब जति सक्दो छिटो विमानस्थल निमार्णमा आफुहरु लाग्ने मन्त्री महतले बताए । उनले भने “अब चाढै नै चिनको सहयोगले पोखरामा अन्तराष्ट्रिय विमानस्थलको निमार्ण प्रकृया अघि बढ्दैछ ।” भैरहवाको विमानस्थल निमार्ण प्रकृया धेरै अघि बढि सकेको उनले बताए । अबको पर्यटन विकासमा नयाँ ढंग तथा नयाँ सोचले अघि बढ्नु पर्ने बताउदै मन्त्री महतले ठाँउ र अबस्था हेरी केवलकार, सडक विस्तार विकल्पका बाटो खोज्नु पर्नेमा जोड दिए ।
ब्यबस्थापिका संसद विकास समिति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन वोर्डको आयोजनामा आइतबार पोखरामा आयोजना भएको उक्त कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री कुपासुर शेर्पाले प्राप्त बजेट अभावले गर्दा सोचे जस्तो विकास गर्न नसकेको बताए । भूकम्पले पर्यटनका केहि क्षेहि क्षेत्रमा असर पारे पनि बढी हल्लाका कारणले गर्दा पर्यटकहरु कम आउने गरेको मन्त्री शेर्पाले बताए । पोखरामा विमानस्थल निमार्णमा सवैको चासो बढेकोले अब यसलाई सरकारले समेत पहिलो प्रथामिकता दिएको उनले बताए । एथेष्ट बजेट अभाव छ, नेपालका धरोहरहरुको पुनः निमार्ण गर्न दाता सम्मेलनले सहयोग पुराउने विश्वास व्यक्त गरे ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले विपदको समयमा पाटाले नेपालको पर्यटनको पुनरुत्थानको लागि काम गर्ने बताए । पाटाले नेपालको पर्यटनको उत्थानको लागि तयार पारेको गुरुयोजना पर्यटन मन्त्री शेर्पालाई हस्तान्तरण गरेको छ । पर्यटन मन्त्रालयका सहसचिव मोहनकृष्ण सापकोटाले भूकम्पको प्रभावले गर्दा १ अर्व २५ करोड पुरात्तात्वीक संरचनामा खर्च गरीनु पर्ने बताए । भूकम्पले करीब ६२ अर्वको नेपालमा क्षेति पुगेको बताए । पर्यटकलाई आकषर्ण गर्न पहिला सुरक्षामा ध्यान दिन आग्रह गर्दै उनले चिन र भारत केन्द्रीत पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउनु पर्ने बताए ।
टानका केन्द्रीय अध्यक्ष रमेश धमलाले पर्यटन क्षेत्रमा आफुहरुसंग करीब दुई लाख मजदुर भएकोले उनीहरुको रोजगार सुरीक्षत गर्न आग्रह गर्दै यदी उनीहरु विदेशीको खण्डमा देशलाई धेरै घाटा हुने भएकोले पर्यटन प्रवद्र्धनमा सवै लाग्नुको विकल्प नभएको बताए । भूकम्प पछि राहत र उद्धारमा सरकारसंगै आफुहरु लाग्दै आएको बताएका अध्यक्ष धमलाले माथिल्लो मुस्ताङमा पर्यटकको शू्ल्कः ५ सयबाट घटाएर केहि समयको लागि एक सय गर्न आग्रह गरे । भूकम्प पछि राहत र उद्धारको लागि हिमाली क्षेत्रमा स्थापित ईर्मेजेन्सी रेस्क्यु टोलीका आनी छिरीङ शेर्पाले भूकम्पले सवै भन्दा बढी हिमाली क्षेत्रमा असर पारेको बताउदै अझै पनि राहत सवै क्षेत्रमा प्रयाप्त मात्रमा पुराउन नसकेको गुनासो गरे । भत्केका पुल तथा सडकहरु तत्काल मर्मत गर्नु पर्ने सरकारसंमक्ष उनले माग समेत गरे ।
स्मार्ट पोखराको अवधारण राख्दै हिमाल न्यौपानेले प्रकृति र प्रविधिको प्रयोगले पोखरालाई पहिचान गराउन आधुनिक प्रविधिको प्रयोग गर्नूपर्ने बताए । पिटिआरसिका संयोजक गणेश बहादुर भट्टराईले देशमा संघियतको कुरा गरेपनि व्यावहारत लागु नभएको दाबी गरे । उनले भने “नेपाल पर्यटन बोर्डले आफ्नै भवन भत्केको अबस्थामा मर्मत गर्न होस या खाजा खादा माथिमाट बजेट अनुमति लिनु पर्दछ ।” टान लगायतका संघ संस्थाले यस क्षेत्रमा उठाएको रकम यसै क्षेत्रमा लगानी गर्नू पर्ने उनले माग गरे । नेपाल पर्यटन वोर्डमा प्रमुख कार्यकारी अधिकृत विहिन हुदा पर्यटनका धेरै कामहरुमा असर परेकोले तत्काल नियुत्तिको माग समेत गरे । भ्रष्टचारी अभियुत्तहरुलाई कार्रवाहीको माग गर्दै उनले अनाकमा कसैलाई भ्रष्टचारी भनेर मुच्न नहुने समेत बताए । विदेशबाट आएको राहत रकमको सरकारले राम्रोसंग लेखाजोखा राखन समेत माग गरे । पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले पोखरा धेरै सम्भावनाको क्षेत्र भएकोले बताउदै दाता सम्मेलन पोखरामा आयोजना गर्न माग गरे । ब्यबस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले कार्यक्रममा संकलन भएका उपयुक्त सुझावहरुलाई पर्यटन क्षेत्रको योजना बनाउन सहयोग पुग्ने बताए ।