ताजा खबर

भीमनारायण गोल्डकपको उपाधि झापालाई

धनकुटा, २०७२ असार ५,

शहीद भीमनारायण अन्तराष्ट्रिय आमन्त्रण गोल्ड कप फूटबल प्रतियोगिताको उपाधि झापा ११ ले उचालेको छ ।

धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा ब्वाइज यूनियन क्लव काठमाडौंलाई २-० गोल अन्तरले हराउँदै झापाले ११ संस्करणको शहिद भीमनारायण गोल्डकपको उपाधि चुमेको हो ।

झापाले खेलको ४७ औं मिनेटमा बिशाल राई ‘ए’  मार्फत गोलको खाता खोल्यो । यस्तै ६१ औं मिनेटमा झापाकै कर्ण लिम्वुले निर्णायक अर्को १ गोल थपे र आफ्नो टिमलाई बिजयी गराए । गतबर्षको उपाधि बिजेता भूटानको फ्यान्स क्लवलाई सेमि फाइनलमा हराएर फाइनलमा पुगेको ब्वाइज यूनियनका खेलाडीले कुनै गोल गर्न सकेनन र उपबिजेतामा चित्त बुझाउनु पर्‍यो ।

उपाधि बिजेता झापाले नगद १ लाख १५ हजार तथा गोल्डकप हात पार्‍यो । उपबिजेता बनेको ब्वाइज यूनियनले ५५ हजार नगद र रनिङ्ग कपमा चित्त बुझायो । खेल पछि आयोजित समाराहमा बिजेता र उपबिजेता टीमलाई भौतिक पूर्वाधार तथा यातायत मन्त्री बिमलेन्द्र निधिले पुरस्कार र प्रमाण पत्र प्रदान गरे ।

फाइलन खेलको म्याअफ द म्याच ब्वाइज यूनियनका एस कोइराला घोषित भए । उदयमान खेलाडी धनकुटा निलोका अनिस श्रेष्ठ भए । सर्वाधिक गोल कर्ता झापाका कर्ण लिम्वु र बुद्ध चेम्जोङ्ग भए । म्यान अफ द सिरिजकोउपाधि झापाका बुद्ध चेम्जोङ्ग घोषित भए ।

 स्रोत : कान्तिपुर

Related posts