ताजा खबर

चिली र इक्वेडोर विजयी

चिली, २०७२ असार ५ ,

शनिबार भएको कोपा अमेरिकाको समूह चरणको खेलमा चिलीले बोलेभियालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

चार्लीज अरांहुइजको दुई गोलको मद्दतले घरेलु मैदानमा चिलीले फराकिलो अन्तरका साथ जित हात पार्दै अर्को चरणमा प्रवेश गरेको हो । अरांहुइजले खेलको तेस्रो मिनेटमा नै चिलीलाई अग्रता दिलाएका थिए । पुरै खेल अवधिभर बोलेभियालाई दबाबमा राख्दै चिलीले निरन्तर एक पछि अर्को गोल गर्दै अगाडि बढेको थियो ।

चिलीसँगै समूह एबाट बोलेभिया पनि अर्को चरणमा प्रवेश गरेको छ । बोलेभिया पहिलोपटक कोपाको अर्कोचरणमा प्रवेश गर्न सफल भएको हो ।

यस्तै समूह चरणको अर्को खेलमा मेक्सिकोलाई २–१ ले हराउँदै इक्वेडोरले पनि अर्को चरणमा जान झिनो आशा जीवितै राखेको छ । मेक्सिको भने यही हारसँगै कोपाबाट बाहिरिएको छ ।

हरेक समूहबाट दुईवटा टिम अर्को चरणमा प्रवेश गर्ने छन् भने । तीनवटा समूहबाट तेस्रो स्थानमा रहने दुई शीर्ष टिम पनि अर्को चरणमा प्रवेश गर्ने छ ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *