ताजा खबर

खेलकुदको विकासको लागि खेलकुद विकास प्रतिष्ठान स्थापना गर्ने सरकारको तयारी मन्त्री पौडेल

दिननाथ बराल
पोखरा, २०७२ असार ५,
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपालको समग्र खेलकुदको विकासको लागि सरकारले खेलकुद विकास प्रतिष्ठान स्थापना गर्ने तयारी गरेको बताएका छन । शनिबार देखि पोखरामा सुरु भएको सातौं राष्ट्रपति रनिङ शिल्ड तथा बिद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालको खेलकुदको विकासको लागि सरकारले ऐन, नियम तथा कानुन, विधि विधान समेत सम्सोधन गरी खेलकुद विकास प्रतिष्ठान स्थापना गर्ने तयारी गरेको बताएका हुन । राष्ट्रिय स्तरमा स्थापीत खेलाडीहरुलाई उनले भने “हामी राष्ट्रिय खेलकुद परिषद ऐन समेत नयाँ ढंगले अघि बढाउने सोचेमा छौं । ” राष्ट्रिय खेलकुद परिषद ऐनकोे ड्राफ अन्तिम चरणमा पुगेको बताउदै मन्त्री पौडेलले राष्ट्रिय स्तरमा स्थापित खेलाडीलाई प्रशिक्षण उनीहरुको पढाई लेखाई समेत गरी डिप्लोमा कोर्ष नै पुरा गर्ने गरी तयारी
गरेको जनाए । उनले थपे “आगामी बर्ष देखि खेलकुदमा डिप्लोमा कोर्ष संचालन गर्ने तयारी गरेका छौं ।” नेपाली खेलकुद कमजोर अबस्थामा रहेको बताउदै मन्त्री पौडेलले यसमा ठुलो लगानी गर्नु पर्ने अबस्था आएकोमा जोड गरे ।

तेक्वान्दो खेलमा ओलम्पीकमा समेत नेपालले काँस्य पदक जितेकोले यस खेललाई तल्लो स्तरबाट विकास गराउने उद्धेश्यले अगामी बर्ष देखि राष्टपति रनिङ शिल्डमा समेत समावेस गराउने भएको मन्त्री पौडेलले बताए । राष्ट्रपति रनिङ शिल्डमा जिल्ला देखि लगानी गरी सुधार गर्ने उनले बताए । तल्लो स्तरबाटै खेलकुदको विकास गराउने यस्ता प्रतियोगिताको विकासको लागि निजि क्षेत्रसंग समन्वय समेत
गर्न तयार भएको मन्त्री पौडेलले बताए ।

स्वर्ण पदक ल्याउने तथा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई केन्द्रीय स्तरमा कसरी व्याबस्थापन गर्ने भन्ने बारेमा सरकार गम्भीर भएको मन्त्री पौडेलले बताए । उनले भने “पढ्दै खेल्दै राष्टको गौरवको लागि खेलाडीहरुलाई राज्यले लगानी गर्न चाहेको छ ।”

पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान सहितको भौतिक संरचनाको लागि आवश्यक डकुमेन्ट उपलब्ध गराउन माग गर्दै आए पनि हालसम्म उपलब्ध नभएको मन्त्री पौडेलले गुनासो गरे । उनले भने “ पोखरामा सरकारले अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन चाहे पनि क्रिकेट संघ र स्थानीयले यहाँको आवश्यक डकुमेन्ट उपलब्ध गराएनन ।” भारत सरकारसंग उक्त मैदान बनाउने बिषयमा आफुहरुले छलफल गरे पनि आवश्यक डकुमेन्टको कारणले काम अघि नबढेको उनले बताए । ” तयारी डकुमेन्ट छ भने हामीलाई दिनुहोस, हामीले अन्तराष्ट्रिय संघ संस्थासंग समन्वय गरी पोखरामा जति सक्दो छिटो अन्तरािषर््ट्रय क्रिकेट मैद्यान बनाउन लाग्ने छौं ।” पोखरामा खेलकुदका भौतिक संरचनाको निमार्णको लागि सरकार सकरात्मक भएको उनले बताए । पोखरामा पर्यटकीय धेरै सम्भावना भएकोले यसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरी खेल पर्यटनको समेत विकास गराउन सवै लाग्नु पर्नेमा जोड दिए ।

राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा राखेपका कार्यवाहक अध्यक्ष सकुन्तला नगरकोटी, क्षेत्रिय प्रशासक दिनेश कुमार थपलीया, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, कार्यालय प्रमुख प्रकाश बराल लगायतले खेलकुदमा राजनिती नगर्न आग्रह गरेका थिए ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *