दिननाथ बराल,
पोखरा, २०७२ असार ५,
पर्यटकीय नगरी पोखरामा यहाँका केहि घरधनिहरुले घर भाडामा पर्यटन व्यावसायीहरुलाई ६ महिनाको लागि ५० प्रतिशतसम्म छुट दिने घोषणा गर्न थालेका छन । नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको आग्रहमा पोखराका मुख्य पर्यटकीय क्षेत्र लेकसाईडका करीब ५० प्रतिशत जसो घनधनिहरुले पर्यटन व्यावसायीहरुलाई घर भाडामा ६ महिनासम्म ५० प्रतिशत छुट दिने घोषणा गरेको समितिका अध्यक्ष यामनाथ पौडेलले बताए ।
भूकम्पको प्रभावले पोखरामा पर्यटकहरु न्युन सङख्यामा आउने गरेकोले यहाँको आर्थिक कारोवार निकै कम भएकोले गर्दा आफुहरुले घरधनिसंग एक वचन आग्रह गर्दा उनीहरुबाट यस्तो निर्णय गरेको उनले बताए । यो अबस्थामा पर्यटन व्यावसायीहरुलाई घर धनिले यस्तो छुट दिनु धेरै राम्रो भएको अध्यक्ष पौडेलले बताए । उनले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै भने “यस्ता सहयोगि घर धनिहरुलाइ हामीले एक एक तथ्याङक राखि हाम्रो अधिवेसनमा सम्मान पनि गर्ने छौं ।” उनका अनुसार पोखराका आधा भन्दा बढी घर धनिहरुले पर्यटन व्यावसायीहरुलाई ६ महिनाको लागि घरघाडामा ५० प्रतिशत छुट दिने घोषणा गरे पनि यस्तो घोषणा गर्ने क्रम जारी रहेको छ । विदेशबाट घरधनिहरुले ६ महिनाको लागि आफुहरुले छुट दिने घोषणा समेत गर्न थालेको अध्यक्ष पैडेलले बताए ।
अध्यक्ष पौडेलले घर भाडामा बस्नेलाई घरभेटिहरुले सम्झौता गरेर, २ बर्षमा १० प्रतिशत घर भाडा बृद्धि हुने गरी गर्न आग्रह गरेका छन । केहि घर धनिहरुले मनोमानि रुपमा घरभाडा बढाएको खण्डमा कालो बजारी ऐन लागु गर्न आफुले प्रशासनलाई दबाब दिने चेतावनी दिएका छन । उनका अनुसार लेकसाइड क्षेत्रमा करीब १० प्रतिशत आफ्नै घरमा आफै व्यावसाय गरेका छन भने बाँकी ९० प्रतिशत जसोले घर घाडामा लियर व्यावसाय संचालन गरेका छन । करीब ९ करोड लागतमा हालै होटल स्नोल्याण्ड संचालनमा ल्याएका अम्मर सापकोटाले घरधनिले आन्तरीक सहमतिमा यस्तो छुट दिएकोले आफुलाई थोरै भए पनि राहत मिलेको बताए ।
उनले भने “लगानी ठुलो भयो, पर्यटक छैनन भनेर कोठा त्यसै राखे कोठा काम नलाग्ने अबस्थामा हुन्छन, त्यसैले सवै कर्मचारीलाई काम नभए पनि अपटेड गराएर राखेको छु ।” अर्को सिजनबाट राम्रो हुने आसा गरेका सापकोटाले घर भेटिलाई पनि समस्या भएको बताए । हाल उनले ३८ जनालाई रोजगार दिएका छन ।
पश्चिमञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले पर्यटन व्यावसायीहरुलाई घरधनिहरुले बिषेश छुट दिनु आफुहरुको लागि धेरै स्वागत योग्य कार्य भएको बताए । उनले भने “यस्तो परिस्थीतीमा घरभेटिहरुले छुट गर्नु राम्रो हो, आगामी भदौसम्मको लागि भने पनि यस्ता छुट हुन सके धेरै पर्यटन व्यावसायीहरुलाई राहत मिल्ने छ ।” क्षेत्रिय प्रशासन कार्यालयका प्रवक्ता रामजी प्रसाद कोईरालाले घर धनिहरुले भाडामा बस्नेहरुसंग भाडासंगै सरकारलाई भाडावाल कर १० प्रतिशत तिर्न आग्रह गरे ।