ताजा खबर

” सुस्त श्रवण र दृष्टिविहिन सत प्रतिशत उत्र्रिण”

दिननाथ बराल
पोखरा २०७२ असार  ४,
यस बर्षको प्रबेसीका परिक्षा (एसएलसी) मा कास्कीबाट सहभागि भएका सुस्त श्रवण र दृष्टिविहिन छात्र÷छात्राहरु सशप्रतिशत उत्र्रिण भएका छन । कास्कीबाट २०७१ मा सहभागि भएका १२ जना सुस्त श्रवण र १० जना दृष्टिविहिन शतप्रतिशत रुपमा उत्र्रिण भएको सम्बन्धित बिद्यालयहरुले जनाएका छन ।

कास्कीको लेखनाथ नगरपालीकामा रहेको सृजना बहिरा उच्च माविबाट १२ जना सुस्तश्रवण बिद्यार्थीहरु यस बर्षको प्रबेसीका परिक्षामा सहभागि भएकोमा ४ जना प्रथम श्रेणीमा र ८ जना दोश्रो श्रेणीमा उत्र्रिण भएको बिद्यालयका प्राचार्य अनिता सिग्देलले बताईन । उनका अनुसार प्रथम श्रेणीमा १ जना छात्रा र ३ जना छात्र उत्र्रिण भएभने अन्य दोश्रो श्रेणीमा उत्र्रिण गरेका छन । प्रबेसीका परिक्षामा ७ जना छात्रा सहभागि भएका थिए ।

त्यसै गरी अम्मरसिंह नमुना उच्च माविबाट यस बर्षको परिक्षामा सहभागि भएका ८ जना दृष्टिविहिन बिद्यार्थीहरु मध्य प्रथम श्रेणीमा ७ जना र दोश्रो श्रेणीमा एक जना छात्रा उत्र्रिण भएको बिद्यालयका शिक्षक निराजन लोहनीले बताए । उनका अनुसार प्रथम श्रेणीमा उत्रिर्ण हुने ५ जना छात्रा र ३ जना छात्र हुन ।

त्यस्तै जनप्रकास उच्च माविबाट २ जना दृष्टिहिन छात्रहरु सहभागि भएकोमा दुबै जना प्रथम श्रेणीमा उत्रिर्ण भएको बिद्यालयका प्राचार्य शिवमणि भण्डारीले बताए । उनका अनुसार गत बर्ष ५ जना दृष्टिविहिन प्रबेसीका परिक्षामा उत्र्रिण भएका थिए । पोखराको अम्मरसिंहबाट २०४५ सालदेखि दृष्टिविहिनले, जनप्रकाश उच्च माविबाट गतबर्षदेखि दृष्टिविहिन बिद्यार्थीहरुले प्रबेसी परिक्षा दिन सुरु भएको हो भने
सृजना बहिराबाट २०५४ सालदेखि सुस्त श्रवणले प्रबेसीका परिक्षा दिन सुरु भएको हो ।

Related posts