ताजा खबर

एसएलसी क्वीनको उपाधि अर्पणालाई

दिननाथ बराल
पोखरा, ५ असार

पोखराको सरस्वती आदर्श विद्यालयकी छात्रा अर्पणा गुरुङले मिस एसएलसी क्वीनको उपाधि जितेकी छन। शुक्रबार प्रकाशित एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएकी अर्पणाले एकै दिनमा दोहोरो उपाधि प्राप्त गर्न सफल भईन । द लुक्स फेसन होमले पहिलो पटक आयोजना गरेको सो प्रतियोगितामा उनले वेष्ट पर्सनालिटी र बेष्ट डान्सको उपाधि पनि हात पार्न सफल भईन।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको फाईनल प्रतिष्प्रर्धामा अञ्जली तिवारी फष्ट रनरअप भइन् । स्टेज उत्रिदै गर्दा आफूले एसएलसीमा सेण्ट मेरिजबाट डिष्टिङ्सन ल्याएको खबर सुनाउदै उनी निकै हर्सीत भइन।

कुमुदिनी होम्सकी प्रतीक्षा शाक्य सेकेण्ड रनरअप घोषित भइन् । पहिलो श्रेणीमा पास भएकी उनले मिस डिस्सिप्लिन र वेष्ट पपुलरको उपाधि आफ्नै पोल्टामा पारिन् । करिब ५ घण्टा चलेको सो प्रतियोगिताको निर्णायक राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी पूर्वअध्यक्ष सौन्दर्यविद् मीना गुरुङ, रेडियो अन्नपुर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखे, कसमसका प्रबन्ध निर्देशक तेजबहादुर गुरुङ, ज्ञानुबाबा बोर्डिङका प्रिन्सिपल दिनेश अर्याल, मिस कल्चर नेपाल २०१० की विजेता तथा कोरियोग्राफर सुरक्षा गुरुङ रहेका थिए ।

प्रतियोगितामा रवीना पुन मष्ट ट्यालेण्ट, अनिता छन्त्याल मिस हेल्दी हेयर, बेविना गुरुङ मष्ट क्रियटिभ, श्वेता बिक मिस क्याटवाक, विना पुन मिस एक्टिभ, सुमी थापामगर मिस फ्रयाण्डसीप, कामना थापा मिस बेष्ट परफर्ममेन्स, सोमना चोचाङ्गीले मिस कन्फिडेन्सको उपाधि प्राप्त गरे । सो प्रतियोगितासँगै आयोजित लिटल प्रिन्सेजमा भावना छन्त्याल विजेता बनिन् । उनले मष्ट क्रियटिभको उपाधि जितिन् । मष्ट ट्यालण्ट इशिका पौडेल फष्ट रनरअप र विपना गुरुङ दर्शक छनौटमा पर्न सफल भएको आयोजक द लुक्स फेसन होमका प्रबन्धनिर्देशक रवीन्द्र बज्राचार्यले बताए । सएलसी परीक्षा दिएर फुर्सदिला बनेका छात्राहरुलाई ३ हप्तासम्म उनीहरुको व्यक्तित्व तथा नेतृत्वको विकास सम्बन्धी तालिम दिइएको थियो ।

Related posts