२०७२ असार ४,
निद्रालाई सामान्यत: आरामसँग मात्रै जोडेर हेरिन्छ । तर, यसको सम्बन्ध आनन्द र सौन्दर्यसँग पनि उत्तिकै हुन्छ । स्वस्थ शरीरका लागि उपयुक्त र पर्याप्त निद्रा आवश्यक हुन्छ । मीठो र पर्याप्त निद्राको अभावमा शरीरमा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन्छन् । त्यसैले सुन्दर बन्नका लागि पनि मीठो निद्राका विषयमा सचेत हुनुपर्छ । केही टिप्स :
- चिन्ता, तनाव, डाह, ईष्र्या आदिले निद्रा नपर्ने हुन्छ । त्यसैले त्यसबाट मुक्त भएर सकारात्मक सोच राख्ने, योग, ध्यान, व्यायाम गर्ने, सन्तुलित जीवनशैली अपनाउने गर्नुपर्छ ।
- सुत्नुअघि मनलाई शान्ति प्रदान गर्ने खालको पुस्तक पढ्नुपर्छ । जसले गर्दा मन हलुंगो हुन्छ र निद्रा पर्छ।
- राति खुकुलो खालको कपडा लगाएर सुत्नुपर्छ । यसले राम्रो निद्रा पर्छ ।
- उज्यालो बत्तीको प्रकाशमा सुत्नु निद्राको दृष्टिकोणले राम्रो मानिँदैन ।
- ओछ्यानमा जानुअघि बाथरुम जानुपर्छ । जसले गर्दा राति उठ्नु आवश्यक रहँदैन र राम्रो निद्रा पर्छ ।
- सुत्नुअघि ऐनाअघि उभिएर हाँस्ने र आफैँलाई शुभरात्रि भन्ने गर्नुहोस् । यसले सकारात्मक सोच विकास गर्छ ।
स्रोत : नया पत्रिका