ताजा खबर

अब मोबाइलबाटै खानेपानी महसुल भुक्तानी

पोखरा, २०७२ असार ४,
खानेपानीको कार्यालयमा नगईकन कास्की लेखनाथका कुलप्रसाद गौतमको महसुल बिहीबार भुक्तानी भयो।
उनको मात्रै होइन, लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका ग्राहकले अबदेखि महसुल तिर्न घन्टौं लाइनमा बस्नुनपर्ने भएको छ।
संस्थाले मोबाइल, इमेलबाटै महसुल तिर्न सकिने व्यवस्था गरेपछि ग्राहक बसमा भाडा तिरेर पनि घुच्ची खाँदै हिँड्नुपर्ने, बैंक तथा कार्यालयको काउन्टरमा घन्टौं लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्त भएका हुन्।
एक दशकदेखि सञ्चालित आयोजनाले खानेपानीको क्षेत्रमा नेपालमै पहिलोपटक मोबाइलबाटै महसुल तिर्न मिल्ने सुविधा दिएपछि उपभोक्ता खुसी छन्।
‘खानेपानीको बिल आएपछि शुल्क तिर्न जाँदा जहिले पनि समय र सम्पत्ति खर्च हुन्थ्यो’, लेखनाथ ४, खरानेफाँटका भीमपाणि बरालले भने, ‘अब भने घरमै बसेर महसुल तिरिने भएकोले बाहिरको घामपानी खाँदै हिड्नुनपर्ने भयो।’
संस्थाले करिब आठ हजार ग्राहकको सुविधाको लागि फोन पे इसेवासँग मिलेर शुक्रबारदेखि मोबाइल, इमेलबाट शुल्क तिर्ने व्यवस्था गरेको हो।
मोबाइल र इमेल चलाउन नजान्ने ग्राहकका लागि लेखनाथ नगरपालिकाभित्रका स्टेसनरी, साइबर, कम्युनिकेसन, किराना पसलहरूमा गरी ४३ सेवा केन्द्र राखिने भएको छ।
मोबाइल र इमेल चलाउन नजान्ने ग्राहकका लागि लेखनाथ नगरपालिकाभित्रका स्टेसनरी, साइबर, कम्युनिकेसन, किराना पसलहरूमा गरी ४३ सेवा केन्द्र राखिने भएको छ। ग्राहकहरूले थप १० रुपैयाँ तिरेर पायक पर्ने स्थानबाट महसुल तिर्न सक्नेछन्।
ग्राहकहरूले थप १० रुपैयाँ तिरेर पायक पर्ने स्थानबाट महसुल तिर्न सक्नेछन्। एक दशकअघिसम्म खानेपानीको असुविधाले सास्ती खेप्दै आएका गृहिणी घरघरमा धारा झरेपछि निकै खुसी भएका छन्।
‘धारामा घन्टौं बस्दा पनि पालो नपाएर रित्तो गाग्री फर्कनुपर्दा दिदीबहिनीहरूसँग झगडा भएर बोलचाल नै बन्द हुन्थ्यो’, लेखनाथ सिसुवाकी शारदा बाँस्तोलाले कष्टपूर्ण अतित सम्झँदै भनिन्, ‘अहिले त घरमै चौबीसै घन्टा पानी आएकोले जागिर खान, बारीमा काम गर्न र पढ्न जाने सबै चेलीहरूलाई सजिलो भएको छ।
अबदेखि संस्थाले घरमै बसेर महसुल तिर्न मिल्ने व्यवस्था गरेपछि झनै सुविधा हुनेभयो।’
उपभोक्ताको सुविधाका लागि खानेपानी क्षेत्रमा पहिलोपटक इसेवा ल्याइएको संस्थाका अध्यक्ष बोधराज लामिछानेले बताए।
‘जतिसुकै व्यस्त भए पनि एकैछिनमा शुल्क तिर्दा ग्राहकलाई अग्रिम भुक्तानीबापत पाउने सहुलियत लिन सजिलो हुनेभएको छ’, उनले भने, ‘जमानाअनुसारको सुविधा दिन पनि इसेवा ल्याएका हौं।’
फोन पे इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले मोबाइल, इमेलमा ग्राहकले तिर्नुपर्ने रकम, तिर्नेबित्तिकै बजेट घटेको जानकारी पाउने बताए। ‘कति शुल्क आएको छ? कति तिरें? सबै थाहा पाइन्छ’, उनले भने, ‘इसेवा सुविधायुक्त भएकोले पनि सबैले मन पराएकोले यसको प्रयोग बढ्दो छ।’
 उनले बिल भुक्तानी तथा किनमेल, पैसा पठाउन, पाउन, तिर्न, घरमै बसेर मोबाइल रिचार्ज, टेलिफोन, बिजुली, इन्टरनेटको बिल तिर्न, हवाईजहाज, बसको टिकट लिन मोबाइल र इन्टरनेटबाटै सकिने बताए।
इसेवाले नेपालमा नौ हजारभन्दा बढी इसेवा जोन र केन्द्र स्थापना गरेको उनले जानकारी दिए।
संस्थाका कार्यालय प्रमुख शिव अमात्यले लेखनाथ नगरपालिकाका ५८ हजार आठ सय १६ मध्ये ४६ हजार जनसंख्यालाई खानेपानीको सेवा दिएको जानकारी दिँदै प्रतिसेकेन्ड एक सय ५० लिटर पानीको क्षमता भएको जानकारी दिए।
नेपालका २९ साना सहरी खानेपानी योजनामध्ये लेखनाथको दोस्रो ठूलो योजना हो। यो आयोजना नगर विकास कोषबाट दुईपटकसम्म पुरस्कृत भइसकेको छ।
२०६१ वैशाखमा निर्माण सुरु भएको यो योजना २० करोड ८३ लाख २५ हजार रुपैयाँ लागतमा सम्पन्न भएको थियो।
मोबाइल र इमेल चलाउन नजान्ने ग्राहकका लागि लेखनाथ नगरपालिकाभित्रका स्टेसनरी, साइबर, कम्युनिकेसन, किराना पसलहरूमा गरी ४३ सेवा केन्द्र राखिने भएको छ। ग्राहकहरूले थप १० रुपैयाँ तिरेर पायक पर्ने स्थानबाट महसुल तिर्न सक्नेछन्।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *