ताजा खबर

म आमा बन्न लागेकी छु ।

२०७२ असार ४,

म आमा बन्न लागेकी छु । मेरो गर्भ ५ महिनाको भयो । अब मैले कहिलेदेखि यौनसम्पर्क गर्न मिल्छ ?

ए.

गर्भावस्थामा यौनसम्पर्क गर्न धेरैलाई डर लाग्छ । सामान्यत: गर्भ रहेको अवस्थामा पनि दुवै जना (बिशेषत: महिला) को सहमतिमा यौन सम्पर्क राख्न सकिन्छ । कतिपय अवस्थामा गर्भावस्था आफैंमा जोखिमपूर्ण हुन सक्छ । ती अवस्थाहरूमा यौनसम्पर्क नगरेकै उपयुक्त हुन्छ । त्यस्तो अवस्थाबाहेक सामान्य अवस्थामा यौनसम्पर्क गर्न सकिने भएकाले तपार्इंले समय कुर्नु पर्दैन । बच्चा पाउनेबित्तिकै वा प्रसव अवस्थामा चाहिँ कम्तीमा ६ हप्ता यौनसम्पर्क गर्न मिल्दैन ।

स्रोत : साप्ताहिक

Related posts