ताजा खबर

पोखरामा खेलकुद विकास गुरुयोजना वारे अन्र्तक्रिया

दिननाथ बराल,

पोखरा, २०७२  ४ असार,
युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलकुद विकास गुरुयोजना वारे निर्माण सम्वन्धि शुक्रवार पोखरामा एक अन्र्तक्रिया गरि सोको सुझाव संकलन कार्य गरेको छ । सो कार्यक्रममा वोल्ने वक्ताहरुले खेलकुदलाई राजनिती वाट टाढा राख्नु पर्ने कुरामा जोड दिंदै समग्र खेलकुदको विकासका लागि केन्द्र देखि स्थानिय तह सम्म निर्माण गरिने गुरुयोजनाहरुलाई प्रभावकारी रुपमा संचालन गर्नु पर्ने कुरामा जोड दिएका छन ।

वक्ताहरुले खेलकुदको पूर्वाधार विकास, खेलाडीहरुलाई उपयुक्त प्रशिक्षणको व्यवस्था, संघियतामा खेलकुलको निती, प्रतियोगिताहरुको व्यवस्थापन र खेलाडीहरुलाई क्षमतामा विकास तथा प्रोत्साहनको व्यवस्था र खेलकुदका उचित स्थानको छनौट र विकासका लागि गुरुयोजना तयार गर्नु पर्ने वताएका छन । उनिहरुले खेलकुदको सांगठानिक जनशक्तिको प्रभावकारी परिचालनमा समेत जोड
दिएका छन ।

नेपाली खेलकुद इतिहासको ५० वर्षमा धेरै पटक गुरुयोजना विकास वारे रायहरु संकलन गरिएपनि ठोस कार्यक्रमहरु नदेखिएको सहभागीहरुको आरोप समेत थियो । राय संकलन कार्य मन्त्रालयको फाइलमा थन्काउने काम मात्र भएको र कार्यान्वयनहुन
नसकेकोमा उनीहरुले दुखेसो पोखेका थिए ।

कार्यक्रममा खेलकुद विकासका गुरुयोजनाका लागि गठित कार्यदलका संयोजक तथा मन्त्रालयका सहसचिव चुडामणी पौडेलले सो वारे जानकारी दिंदै सवै संग प्रारम्भिक राय संकलन गर्न थालिएको वताउनुभयो । कार्यक्रममा सो समितीकाका सदस्य एव लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, समितीका सदस्य एव भुतपूर्व खेलाडी मंचका अध्यक्ष खडग रानाभाट, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ्ग,पूर्व अन्तराष्ट्रिय खेलाडी तथा एन्फाका उपमहासचिव गणेश भट्टराइ लगाएतले धारणा राखेका थिए । कार्यक्रममा शिक्षक,
पत्रकार, खेलाडी प्रशिक्षक लगाएत खेलकुद संग सम्वन्धित विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *