दिननाथ बराल ,
पोखरा २०७२ असार ४,
पश्चिमाञ्चल क्षेत्रका पाँच जना कृषकहरु राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् ।
क्षेत्रीय कृषि निर्देशनालय पोखराले आज एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा स्याङजाका फणिन्द्रनारायण अर्याल, कास्कीका छ्यामबहादुर थापा, रुपन्देहीका रमेशचन्द्र मिश्र, पर्वतका टिकाराम जैसी र मनाङका पालदेन छोपाङ गुरुङ छन् ।
उनीहरुलाई कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई र क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले संयुक्तरुपमा नगद २५ हजार साथमा सम्मापत्र प्रदान गरेका हुन् ।
सम्मानित कृषकहरुले व्यवसायिकरुपमा १२ लाख देखि १ करोड ७३ लाख रुपैयाँसम्म वार्षिकरुपमा आम्दानी गरेको सो कार्यक्रममा जानकारी दिइएको थियो ।
सम्मानित कृषकहरुले सुन्तला, धान, गहुँ, मकै, हाँस, कुखुरा, बंगुर, मौरी, कागती, स्याउ लगायतको व्यवसायिक खेती गर्दछन् ।