ताजा खबर

कास्कीका संस्थागत विद्यालयको एसएलसी नतिजा सर्वोत्कृष्ट अंक ल्याएको कास्कीका दुई विद्यार्थीको दावी

पोखरा, २०७२ असार ४,

प्रबेसीका परिक्षामा यस बर्ष पनि कास्कीका केहि निजि बिद्यालयहरुले शतप्रतिशत नतिजा ल्याएका छन । पोखराको लामाचौरमा रहेको गण्डकी आवासीय उच्च माविले विगत वर्षहरुमा झै यसवर्ष पनि एसएलसीमा शत प्रतिशत नजिता ल्याएको छ । विद्यालयका प्राचार्य रवि बरालका अनुसार १ सय १८ जना परीक्षामा सहभागि भएकोमा ९७ जना विशिष्ट र २१ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । गण्डकीका सन्तोष कार्कीले ८ सय पूर्णाङ्कमा ७ सय ४२ अकं अर्थात ९२ दशमलव सातपाँच प्रतिशत ल्याएका छन् ।

पोखराको चाउथेमा रहेको पोखरा पब्लिक स्कुलका ३९ जना मध्ये १७ जना विशिष्ट र २२ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यालयका संस्थापक कृष्ण केसीले जानकारी दिनुभयो । केसीका अनुसार विद्यालबाट परिक्षा दिएका सागर काफ्लेले ९२ दशमलव सातपाँच प्रतिशत प्राप्त गरेका छन् । गण्डकीका कार्की र पोखरा पब्लिकका काफ्लेले सर्वोत्कृष्ट अंक ल्याएको दावी गरेका छन् ।

मासवारको स्टेप वाइ स्टेप उच्च माविबाट एसएलसी दिएका ६८ जना मध्ये १७ जना विशिष्ट, ४९ प्रथम र २ जना द्धितिय श्रेणीमा गरी सबै उत्र्तीण भएको विद्यालयका संस्थापक रमाकान्त बरालले जानकारी दिनुभयो । मासवारमै रहेको मदरल्याण्ड उच्च माविका १ सय ५७ जना मध्ये ६३ जना विशिष्ट, ९० जना प्रथम, २ जना द्धितिय र दुई जनाको नतिजा वीथ हेल्डमा रहेको संस्थापक त्रिभुवन शर्माले जानकारी दिनुभयो ।

पोखराको पार्दीमा रहेको फिष्टेल एकेडेमीबाट ६२ जनाले एसएलसी दिएकोमा २५ जना विशिष्ट, ३३ जना प्रथम र ४ जन द्धितिय गरी सबै उत्तीर्ण भएको विद्यालयका संस्थापक चिनु रानाभाटले जानकारीदिनुभयो । गैह्रापाटनको कुमुदिनीहोम्सका ८२ जना मध्ये ३१ जना विशिष्ट श्रेणी, ९ जना प्रथम श्रेणी र २ जना द्धितिय गरी शतप्रतिशत उत्तीण भएको विद्लायका संस्थापक अशोक पालिखेले जानकारी दिनुभयो ।

पोखराको रानीपौवामा रहेको ग्लोवल कलिजियट उच्च माविका ७४ जना मध्ये ३० जना विशिष्ट र ४४ जना प्रथम श्रेणीमा गरी सबै उत्तीर्ण भएका विद्लायका प्रचार्य बाबुराम पन्तले जानकारी दिनुभयो ।विरौटामा रहेको शिशुनिकेतन उच्च माविका ८६ जना परिक्षामा सहभागि भएकोमा ५८ विशिष्ट र २८ जना प्रथम श्रणीमा गरी सबै उत्तीर्ण भएको विद्यालका सहप्राचार्य दुर्गा थापाले जानकारी दिनुभयो ।

पोखराको बाटुलेचौरमा रहेको पोखरा एकेडेमीबाट परिक्षामा सहभागि ३९ जना मध्ये ५ जना विशिष्ट श्रेणी र ३४ जना प्रथम श्रेणीमा गरी सबै विद्यार्थी उत्तीण भएकोजुनियर इन्र्चाज मोहन थापाले जानकारी दिनुभयो । बाटुलेचौरकै प्रगति बोर्डिङ स्कुलबाट एसएलसी दिएका ७२ जना मध्ये ११ जना विशिष्ट र ६१ जना प्रथम श्रेणीसहित सबै उत्तीर्ण भएका छन् ।विन्ध्यश्वरी आर्दश बोर्डिङ स्कुल मोहोरिया टोलबाट एसएलसी दिएका २४ मध्ये ६ जना विशिष्ट र १८ जना प्रथम श्रेणीसहित शतप्रतिशत उत्तीर्ण भएका छन् ।पोखरा यूनाइटेड एकेडीम भद्रकाली मार्गबाट एसएलसी दिएका १८ जना मध्ये ७ जना विशिष्ट र ११ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।माउण्ट अन्नपूर्ण उच्च मावि नदिपुरका ४० जना मध्ये ९ जना विशिष्ट र ३१ जना प्रथम श्रेणीमा गरी सबै उत्तीर्ण भएका छन् ।

सिम्पानीमा रहेको स्पाइरल ग्यालेक्सी उच्च माविका २० जना परिक्षामा सहभागि भएकोमा १ जना विशिष्ट र १९ जना प्रथम श्रेणीसहित शतप्रतिशत नजिता ल्याएको प्राचार्य नारायण शर्मा चापागाईले बताउनुभयो । कुँडहरमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमीका १ सय १२ सहभागि मध्ये ३५ जना विशिष्ट र ७७ जना प्रथम श्रेणीसहित सबै उत्तीर्ण भएका छन् । लामाचौरमा रहेको सरस्वती आदर्श विद्याश्रमका ५७ जना मध्ये ११ विशिष्ट र ४६ जना प्रथम श्रेणी गरी सबै उत्तीर्ण भएको विद्यालका सहप्रशासक रेणु सुनारले जानकारी दिनुभयो ।लेखनाथमा रहेको जुनियर सिटिजन एकेडेमीका ३४ जना मध्ये १२ विशिष्ट र २२ जना प्रथम श्रेणीसहित सबै उत्तीण भएको विद्यालका संस्थापक सुन्दरप्रसाद ढकालले जानकारी दिनुभयो ।

पोखराको एयरपोर्टमा रहेको हिमाञ्चल बोर्डिङ स्कुलका ३४ जना सहभागि भएकोमा ६ जना विशिष्ट र २८ जना प्रथम श्रेणीसहित शतप्रतिशत उत्तीर्ण भएको विद्यालयका संस्थापक धु्रव केसीले जानकारी दिनुभयो । न्यूरोडको लक्ष्मी आवासिय उच्च माविका २६ जना मध्ये २ जना विशिष्ट, २० जना प्रथम र ४ जना द्धितिय श्रेणीसहित सबै उत्तीर्ण भएको संस्थापक लिला प्रधानले जानकारी दिनुभयो । गैह्रापाटनमा रहेको पश्चिमाञ्चल उच्च माविका ३१ जना मध्ये ८ जना विशिष्ट र २३ जना प्रथम श्रेणीसहित सबै उत्तीर्ण भएको विद्यालयका लेखापाल शरण कोइरालाले जानकारी दिनुभयो ।

फुलबारीमा रहेको भाष्कर मेमोरियल स्कुलका २९ जनामा ८ जना विशिष्ट र २१ जना प्रथम श्रेणीसहित सबै उत्तीर्ण भएको संस्थापक विश्व बाँस्तोलाले जानकारी दिनुभयो । सिमलचौरमा रहेको पिसजोन एकेडेमीका ५ जना विशिष्ट र १८ प्रथम श्रेणीसहित शतप्रतिशत उत्तीर्ण भएको विद्यालका प्राचार्यले सुरेन्द्र दाहालले जानकारी दिनुभयो ।नदीपुरमा रहेको प्रतिभा उच्च माविका ३४ जना मध्ये १० जना विशिष्ट, २३ जना प्रथम र १ द्धितिय श्रेणीसहित शतप्रतिशत उत्तीर्ण भएको प्राचार्य प्रकाश पौडेलले जानकारी दिनुभयो ।

नयाँ बजारमा रहेको सगरमाथा निकेतन स्कुलका ४४ जनामा २१ जना विशिष्ट, २१ जना प्रथम, १ जना द्धितिय र एक जनाको नतिजा वीथ हेल्डमा रहेको प्राचार्य दिलीपकुमार शर्माले जानकारी दिनुभयो ।सृजनाचोकमा रहेको सृजना उच्च माविका ६५ जनामा २८ जना विशिष्ट, ३५ जना प्रथम २ जना द्धितिय श्रेणी गरी सबै उत्तीर्ण भएको संस्थापक डोलराज पाण्डे जानकारी दिनुभयो । पोखराको नयाँ बजारमा रहेको गुरुकुलका २२ जना मध्ये ९ जना विशिष्ट र १३ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । वैदाममा रहेको गुडविल एक्टिभिटिज बोर्डिङ स्कुलका ११ जना नै प्रथम श्रेणीमा उत्तीर्ण भएको प्राचार्य अमितदान गुरुङले बताउनुभयो ।न्यूरोडमा रहेको निलगिरी बोर्डिङ स्कुलका १२ जना विशिष्ट र ५७ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका विद्यालय स्रोतले बताएको छ ।

Related posts