ताजा खबर

भेनेजुयलामाथि पेरुको जित

चिली, एजेन्सी, २०७२ असार ४,

भेटेरान खेलाडी क्लाउडियो पिज्जारोको गोलमा कोपा अमेरिकाको समूह चरणको दोस्रो खेलमा पेरुले भेनेजुयलामाथि १–० को जित पाएको छ । पहिलो खेलमा ब्राजिलसँग २–१ ले स्तब्ध बनेको पेरुले जितसँगै दोस्रो चरणको सम्भावना कायमै राखेको छ ।

पेरुले समूह चरणको आफ्नो अन्तिम खेल कोलम्बियासँग खेल्दैछ । यसअघि कोलम्बियाले ब्राजिललाई पराजित गरिसकेको छ ।

सेन्टर व्याक फर्नान्डो अमोरेबिटा २९ औं मिनेटमा रातो कार्ड खादै बाहिरिएपछि भेनेजुयला १० खेलाडीमा सीमित भएको थियो । तर, पेरुलाई गोलको लागि ७२ औं मिनेटसम्म कुर्नुपर्‍यो ।

विपक्षी खेलाडीको घुडामा हिर्काएपछि अमोरेबिटालाई रातो कार्ड देखाइएको थियो । पहिलो हाफको सात मिनेट अघि मिडफिल्डर रोनाल्ड भर्गासलाई बाहिर निकालेर भेनेजुयलाले डिफेन्सको लागि लेफ्ट व्याक ग्याब्रियल सिसेरोलाई मैदान पठाएको थियो ।

भेनेजुयलाले कोलम्बियालाई हराउदा निर्णाय भूमिकामा देखिएका सोलोमन रोन्डोनले पहिलो हाफको छैठौं मिनेटमै गोल गर्ने अवसर गुमाए । अलेजान्द्रो गुइराले हानेको फ्रिकिकमा पाएको अवसरलाई रान्डोनले गोलमा बदल्न सकेनन् ।

स्रोत :  कान्तिपुर

Related posts