ताजा खबर

लामखुट्टे समात्ने ड्रोन बनाउँदै माइक्रोसफ्ट

वासिङ्टन, २०७२  असार ३,

अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले लामखुट्टे समात्ने स्वचालित ड्रोनको विकास गरिरहेको छ । रोग फैलाउने हानिकारक भाइरस फैलाउने लामखुट्टेको नियन्त्रण गर्न यस किसिमको ड्रोनको विकास गर्न लागिएको हो ।

माइक्रोसफ्टले ल्याएको प्रोजेक्ट प्रिमोनिसनले रोग व्यापक फैलेर संक्रमण हुनुपूर्व यसको पहिचान गर्ने प्रणालीको विकास गर्ने लक्ष्य लिएको छ । प्रोजेक्स प्रिमोनिसनले स्वास्थ्य अधिकारीलाई डेंगु तथा एभियन फ्लु फैलनुपूर्व यसको रोकथाम गर्न सहयोग पु¥याउँछ । यसले रोग लामुखुट्टेकै कारण फैलिएको हो वा होइन भन्ने विषय थाहा पाउन पनि सहयोग गर्ने अनुसन्धानकर्मीले बताएका छन् ।

अनुसन्धानकर्मीले लामखुट्टेलाई पासोमा पार्ने नयाँ संयन्त्रको पनि विकास गरेका छन् । यसमा कम ऊर्जा र हलुका ब्याट्रीको प्रयोग गरिएको छ । लामखुट्टेलाई आकर्षित गर्ने प्रणालीको पनि व्यवस्था गरिएको छ । यसले लामखुट्टेलाई आफसेआफ अन्य झुन्डबाट आकर्षित गर्ने र यसलाई अध्ययनका लागि प्रयोगशालामा पठाउन सकिन्छ । यो हाल रहेको पासोको तुलनामा तुलनात्मक रूपमा सस्तो र हलुका हुनेछ ।

अनुसन्धानका टोलीले लामखुट्टेको पासोलाई लिएर उड्न सक्ने ड्रोनको प्रयोग गर्ने भएका छन् । माइक्रोसफ्टले यस किसिमको प्रविधिको स्वीकृतिका लागि अमेरिकी संघीय उड्डयन प्रशासन कार्यालयबाट स्वीकृतिका लागि आवेदन पनि दिइसकेको छ ।

स्रोत : कारोबार

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *