दिननाथ बराल
पोखरा, असार ३,
कास्की लेखनाथ नगरपालीकाका नगरवासीलाई खानेपानीको महशुल बुझाउन सहज हुने भएको छ । अबदेखि खानेपानीको महशुल अनलाईनबाटै भुक्तानी गर्न सकिने भएकोले लेखनाथ वासिहरुलाई खानेपानीको महशुल बुझाउन सहज हुने भएको हो ।
यसअघि लेखनाथ वासिहरुले खानेपानीको महशुल बुझाउन करीब १४ किलोमिटर देखि दुई वटा वसमा समेत प्रयोग गरी महशुल तिर्नुपर्ने झन झट रहेको थियो । खानेपानीको महशुल अनलाईनबाटै भुक्तानी गर्न सकिने भएकोले आफुहरुको समयको बचतसंगै झनझट बाट समेत आफुहरु मुक्त हुने भएको लेखनाथ शिशुवा ८ की सारदा बाँस्तोलाले बताईन । उनले भनीन “केहि समय हामीले पानीको लागि राति ३ बजे पनि उठ्यौं, अहिले आधुनिक प्रविधिको प्रयोगसंगै अनलाईन पेमेन्ट सिस्टम भएकोले यसले समयमै र झनझटबाट मुक्त गराउने भएकोले हामीलाई धेरै फाईदा पुग्ने भएको छ ।” लेखनाथका विभिन्न स्थानहरुमा गरी ४३ वटा ई सेवा संचालन हुने केन्द्र स्थापना भएको संस्थाले जनाएको छ ।
लेखनाथ बासिले खानेपानीको महशुल अनलाईनबाटै भुक्तानी गर्न सकिने भएकोले धेरै राहत मिलेको बताउछन । असार ४ गते सुक्रबारदेखि लेखनाथमा अनलाईन सेवाबाट खानेपानीको महशुल बुझाउन सकिने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कास्की लेखनाथको लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताहरुले मोबाईल÷ईन्टरनेट सेवा तथा विभिन्न ई सेवा केन्द्रबाट सहज रुपमा खानेपानीको भुक्तानी गर्न सकिने भएको संस्थाका अध्यक्ष बोधराज लामिछानेले बताए । उनका अनुसार मोवाईल तथा ईन्टरनेटबाट रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन भने सेवा केन्द्रबाट सेवा लिदा सेवा सुल्कः वापत उपभोक्ताले १० रुपैया दिर्नु पर्दछ । संस्थाले नेपालमै पहिलो पटक खानेपानीको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरेको उनले दाबी गरे ।
संस्थाले नेपालमै पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवासंग सहकार्यमा अनलाईनबाट रकम भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो । उनले भने “सेवाग्रायिहरुलाई रकम भुक्तानी गर्दा सहज र छिटो छरीतो पार्न तथा आधुनिक सेवा दिने उद्धेश्यले हामीले यस्तो ई सेवा संचालनमा ल्याएका हौं ।”
फोन पे प्रालिका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले लेखनाथवासिलाई नेपालकै नमुनाको रुपमा विकास गर्ने गरी उक्त सेवा विस्तार गरेको बताए । उनले भने “ यस्तो सेवाले उपभोक्ताई पनि धेरै फाईदा पुग्छ, उनीहरुको समय र खर्च समेत बचत ह्ुन्छ । ” नेपालका हरेक क्षेत्रमा यस्तै अनलाईन सेवा विस्तार र विकास गर्नु पर्ने उनले बताए । संस्थाले हाल लेखनाथको ५८ हजार ८ सय १६ जनसङख्या मध्य ६८ प्रतिशत अर्थात ४६ हजार जनङख्यालाई पानी पु¥याउदै आएको दाबी गरेको छ । खानेपानी तथा ढल निकास विभाग, नगर विकास कोष लेखनाथ नगरपालीका कार्यालय र लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बिचमा २०६१ साल बैशाख ६ गते चौपक्षिय सम्झैता भई उक्त खानेपानी योजान निमार्ण भएको हो ।
उक्त आयोजना करीब २० करोड ८३ लाख २५ हजार ७ सय ९० खर्च लागेको थियो । लेखनाथ खानेपानी आयोजना २०६२ मंसीर १० गते सुरु भई २०६५ असार १ गतेमा सम्पन्न भएको थियो । खानेपानी महशुल १० युनिटसम्म १ सय ६०, ११ युनिट देखि २० युनिटसम्म प्रति युनिट १९ रुपैया, २१ युनिट देखि ३० युनिटसम्म प्रति युनिट २३ रुपैया र ३१ युनिट देखि माथि प्रति युनिट २६ रुपैया महशुलको शुल्क रहेको संस्थानले जनाएको छ । लेखनाथ खानेपानी योजनाको धारा वितरण २०७१÷०७२ मा ९ हजार ७ सय ६० वटा धारा जडान गर्ने लक्ष्य राखिएको अध्यक्ष लामिछानेले बताए । उनका अनुसार हालसम्म लेखनाथमा ७ हजार ५ सय ४५ धारा जडान भएको छ जसमध्य व्यतिगत ७ हजार ४ सय ५७ वटा र सामुदायिक तर्फ ८८ वटा धारा जडान भएको छ ।