ताजा खबर

रेकर्ड तोड्दै जुरासिक पार्क

काठमाडौं, २०७२ असार ३,

हलिउडमा बनेका महंगा चलचित्रहरु विश्वर्मै कमाइको रेकर्ड तोडने क्रममा देखिन्छन् । यस्तै, चलचित्र ‘जुरासिक पार्क’ अमेरिकामा हालसम्म प्रर्दशन भएका चलचित्र भन्दा पृथक रेकर्ड कायम गर्न सफल भएको छ । चलचित्रको कमाई अमेरिकामा २०.४६ करोडर चीनमा १२ करोडको हाराहारीमा कमाइ गरेपछि सर्वाधिक कमाउने चलचित्रको सूचिमा परेको हो ।
चलचित्र एकैपटक ७० देशमा प्रर्दशन गरिएको थियो । चलचित्रले दुर्लभ जन्तु डायनासोरको भूमिकालाई बढी भन्दा बढी महत्व दिएको छ । यसै कारण पनि यस चलचित्रलाई केही पृथक शैलीको मानिएको छ ।

स्रोत : गोरखापत्र

Related posts