२०७२ असार ३,
खेलको अन्त्यमा नेयमरलाई रातो कार्ड
काठमाडौं: कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तरगत बिहीबार बिहान भएको खेलमा कोलम्बियाले उपाधि दाबेदार ब्राजिललाई पराजित गरेको छ।
चिलीमा भइरहेको प्रतियोगिताको समूह सीको खेलमा ब्राजिललाई हराउन डिफेन्डर जेइसन मुरिल्लाको गोल नै निर्णायक बन्यो।
मुरिल्लोले टेओफिल्लो गुट्येर्जले मिलाइदिएको पासमा खेलको ३६ औं मिनेटमा गोल गरेका थिए।
खेलको दोस्रो हाफको अन्तिम सयम तनावपूर्ण बनेको खेलमा मैदान छाडिसकेका ब्राजिलियन स्ट्राईकर नेयमार र कोलम्बियाका स्ट्राईकर कार्लोस बाका दुबैलाई फाइनल ह्विसीलसँगै रेफ्रीले रेडकार्ड देखाएका थिए।
पहिलो हाफको ४५ औं मिनेटमै एलोकार्ड खाइसकेका नेयमारले खेलको अन्त्यमा कोलम्बियाका गोल स्कोरर मुरिल्लोलाई टाउकोले हानेपछि रेडकार्ड पाएका हुन्।
कोलम्बियाले जित निकालेपछि समूह सीको समीकरण रोचक मोडमा पुगेको छ।
दुई दुई खेल खेल खेलेर एक जित निकालेका भेनेजुएला, कोलम्बिय र ब्राजिलको समान ३÷३ अंक छ भने पेरुले खाता खोल्न सकेको छैन।
स्रोत : अन्नपुर्णपोस्ट