ताजा खबर

बामदेबले भने – तीन वर्षभित्र देशको पुर्ननिर्माण गर्छौं

२०७२ असार३,
भक्तपुर : उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले आज गत वैशाख १२ गते आएको भूकम्प र त्यसपछिको लगातारको पराकम्पले भक्तपुरको सम्पदा क्षेत्रमा पुर्‍याएको क्षति र भक्तपुरका भूकम्प पीडितको अस्थायी शिविरको अवलोकन गरे ।
उनले तौमढीका स्थानीय बासिन्दाको घरमा पुगेको क्षतिको अवलोकन गर्नुका साथै भक्तपुरको देकोचामा रहेको भूकम्प पीडितको अस्थायी शिविरमा रहेकाहरुलाई बस्नका लागि भारतको राधा स्वामी सत्सङ्ग सेवाले निर्माण गरेको आधुनिक ट्रष्टको समेत अवलोकन गरे।
अवलोकनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भूकम्प पीडितको व्यवस्थापन र पुनःनिर्माणका लागि सरकार क्रियाशील रहेको बताए ।
उपप्रधान मन्त्री गौतमले प्रधानमन्त्रीको नेतृत्वमा सर्वाधिकार सम्पन्न पुनःनिर्माण एवम् पुनःस्थापना कमिटी बनाएर व्यवस्थापन र पुनःनिर्माणको काम सुरु गर्न लागेको उल्लेख गरे ।
पुनःनिर्माणका लागि योजना आयोगले पनि काम गरिरहेको बताउँदै उनले सरकारले तत्काल अस्थायी बसोबासका लागि काम गरेपनि पुनःनिर्माण भएपछि स्थायीरुपमा बसाई सर्ने व्यवस्था गरिने बताए ।
उनले सरकारले बजेटमा पुनःनिर्माणको कार्यक्रम ल्याउने बताउँदै तीन वर्षमा पुनःनिर्माण गर्ने र सात वर्षभित्र भूकम्पले भत्काएका सबै संरचनालाई अत्याधुनिक रुपमा बनाउने छ भने  ।
ऐतिहासिक सहर भक्तपुरको सम्पदा, वास्तुकलामा पुगेको क्षति अवलोकन गरी यसलाई कसरी पुनःनिर्माण गर्न सकिन्छ भनेर योजना बनाउन आज भक्तपुरको अवलोकन गरेको उनको भनाइ थियो ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts