ताजा खबर

अमेरिकाको बिरोधको बाबजुत चीनले बनाइछाड्यो समुद्रमा टापु

२०७२ असार २,
बेइजिङ : चीनले विवादास्पद दक्षिण चीन सागरमा टापु निर्माण पूरा भएको जानकारी दिएको छ। यसअघि संयुक्त राज्य अमेरिकाले दक्षिण चीन सागरमा टापु बनाउने काम रोक्नुपर्ने बताएको थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले यसको पुष्टि गरेका छन्। दक्षिण चीन सागरमा रहेका यी टापुलाई चीनले नान्सा द्वीपसमूह नाम दिएको छ।
त्यस क्षेत्र आफ्नो भएको फिलिपिन्स र भियतनामले पनि दाबी गर्दै आएका छन्। लुले ती टापुमा आवश्यक सैन्य सुरक्षाको आवश्यकता पूरा गर्नुका साथै चिनियाँ गैरसैनिक काम अगाडि बढाइने जानकारी दिएका छन्।
यसका लागि जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न चीन तयार भएको उनले स्पष्ट पारे। प्रवक्ता लुले यसअघि ती टापुमा भूमि सम्याउने काम भइरहेको बताएका थिए। उनले भने, ‘राष्ट्रिय आवश्यकता पूरा गर्न विभिन्न सुविधा निर्माण गरिनेछ।’
उनले चीन सरकारले गरिरहेको निर्माण कार्य उचित भएको पनि दाबी गरेका छन्। उनले दक्षिण चीन सागरमा गरिएका निर्माण कार्य कानुनी, तर्कसंगत र न्यायोचित भएको बताए। उनले ती टापु चीनको भएकाले कसैले चिन्ता गर्नु नपर्ने लुको भनाइ थियो।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *