२०७२ असार २,
काठमाडौँ: ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताका लागि भारत भ्रमणमा रहेकोे नेपाली टोली अभ्यास खेलमा भारतको हिमाञ्चल प्रदेशसँग पराजित भएको छ ।
भारतको धर्मशाला क्रिकेट मैदानमा आज भएको अभ्यास खेलअन्तर्गत अन्तिम खेलमा नेपाली टोली हिमाञ्चलसँग सात रनले पराजित भएको हो । उक्त प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ । यसअघि हिजो भएको खेलमा पनि नेपाल हिमाञ्चलसँग २४ रनले पराजित भएको थियो ।
त्यसैगरी, नेपालले पहिलो खेलमा हिमाञ्चलमाथि पाँच विकेटको जित हात पारेका थियो भने दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो ।
टस जितेर पहिले व्याटिङ रोजेको हिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रनको योगफल तयार पा¥यो । जवाफी व्याटिङमा उत्रेको नेपाल भने २० ओभरमा सात विकेट गुमाउँदै १४३ रनमा समेटियो ।
हिमाञ्चलको जितमा अभिमन्यु रानाले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अमित कुमारले ४९ रन जोडे भने राघव धवनले १८ रन जोडे । हिमाञ्चललाई १५० रनमा समेट्ने क्रममा नेपालका अविनाश कर्णले दुई विकेट लिए भने जितेन्द्र मुखिया, प्रदिप ऐरी र बसन्त रेग्मीले समान एक एक विकेट लिए ।
यसैगरी, नेपालका लागि भने कप्तान पारस खड्काले ३६ रन जोडे । उपकप्तान ज्ञानेन्द्र मल्लले २९, राजेश पुलामी २३, अनिलकुमार मण्लडले १५ र शरद भेषवाकरले १३ रनको योगदान दिए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा हिमाञ्चलका श्रेष्ट निरमोही र राहुल सिंहले दुई/दुई विकेट लिए भने पङ्कज शर्मा, शुमित बर्मा र राघव धवनले एक/एक विकेट लिए ।
स्रोत : अन्नपुर्णपोस्ट