ताजा खबर

एमबीबीएस विद्यार्थी धर्नामा

काठमाडौ, २०७२ असार २,
जनकपुरस्थित जानकी मेडिकल कलेजका विद्यार्थी मंगलबारदेखि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डिनको कार्यालयमा धर्नामा बसेका छन् । कलेज सञ्चालकबीचको विवादले एमबीबीएस दोस्रोदेखि पाँचौं वर्षका साढे चार सय विद्यार्थीको पढाइ ९ महिनादेखि ठप्प भएपछि उनीहरू धर्नामा बसेका हुन् । तीमध्ये ५० भारतीय विद्यार्थी छन् ।

शिक्षा मन्त्रालयले केहीअघि कलेज सुचारु राख्न निर्देशन दिए पनि अहिलेसम्म कुनै पहल नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् । कलेजले सञ्चालन गरेको अस्पताल पनि बन्द छ । पीडित विद्यार्थीले प्रधानमन्त्रीदेखि राष्ट्रपति कार्यालयसम्म धाएर आफ्नो समस्या बताए पनि सुनुवाइ नभएको बताएका छन् । शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिल, अख्तियारसमेत निकायमा ध्यानाकर्षण गराएको विद्यार्थीले बताए । ‘हामी डाक्टर बनेर देशको सेवा गर्न चाहन्छौं,’

विद्यार्थी सबिन ढकालले भने, हामीले पढ्न पाउनुपर्‍यो ।’उनीहरूले जानकी मेडिकल कलेजबाट अन्यत्र स्थानान्तरणको माग राखेका छन् । ‘स्थानान्तरण गरिँदा विद्यार्थीलाई आर्थिक, शैक्षिक र कानुनी व्यवधान नलगाइयोस्,’ विद्यार्थीले संयुक्त विज्ञप्तिमा भनेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले उक्त कलेजको अस्पताल बन्द भएपछि त्यहाँबाट एमबीबीएस उत्तीर्ण ५७ विद्यार्थीलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा इन्टर्नसिपमा खटाएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले उक्त कलेजको विद्यार्थी समस्याबारे आईओएमलाई अनुगमन गर्न आग्रह गरिएको जानकारी दिए ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *