ताजा खबर

विद्यालय बनाउन सहयोग

पर्वत, २०७२ असार २,
बेलायतमा बस्दै आइरहेका बागलुङको बिहुँका व्यवसायीले भूकम्पले क्षतिग्रस्त पिपलटारीस्थित जनक माविको भवन बनाउन आर्थिक सहयोग गरेका छन् । पाँचकोठे भवन भत्किएपछि तल्ला कक्षाका विद्यार्थीलाई माथिल्ला कक्षामा सँगै राखेर पढाउँदै आएको विद्यालयलाई सहयोगले ठूलो राहत मिलेको छ ।

बेलायतमा होटल सञ्चालन गर्दै आएका दयानिधि सापकोटा, रामप्रसाद निउरे र उनका कर्मचारीले पहिलो चरणमा ३ लाख ३५ हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका हुन् । विद्यालयमा कार्यरत एक शिक्षिका र विभिन्न सामाजिक सञ्जालमा विद्यालयको अवस्थाबारे जानकारी पाएपछि सापकोटाले रकम संकलन गरी सहयोगीमार्फत विद्यालयमा पठाएका हुन् । अरू आवश्यक रकम सहयोगको प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।

सापकोटाका बाबुआमा पदमनाथ र भवी शर्मा सापकोटाले सोमबार विद्यालयका प्रधानाध्यापक दिवाकर शर्मा तिवारी र व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र सुवेदीलाई संयुक्त रूपमा चेक हस्तान्तरण गरे । भूकम्पले विद्यालय भत्किएपछि शिक्षिका यमुना शर्मा भुसालले सहयोगका लागि अपिल गरेकी थिइन् । ‘विद्यालयको अवस्थाबारे यमुनाले जानकारी गराइन्,’ पदमनाथले भने, ‘मैले छोरालाई सहयोग गर्न भनेपछि त्यहाँ संकलन गरेको रकम लिएर आफैं आएको हुँ ।’ आफ्नै सक्रियतामा भूकम्प प्रभावित सिन्धुपाल्चोकमा पनि ३५ लाख सहयोग गरेको सापकोटाले बताए ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *