ओम फाईनान्सद्धारा क्रिकेट खेलाडी करन के.सि.लाई रोजगार

दिननाथ बराल
पोखरा  असार २,
पोखराको ओम फाईनान्स लिमिटेडले नेपाली क्रिकेट राष्ट्रिय टोलिका उदयिमान खेलाडी करन के.सि.लाई रोजगारी दिएको छ । हाल अन्तराष्ट्रिय खेलको लागि विदेशमा रहेका करन के.सि.लाई “प्रतिनिधि अधिकृत“ पदमा नियुक्ति गरेको फाईनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले बताए ।

पोखरामा बुधबार सम्पन्न भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता समापनको अवसरमा फाईनान्सले जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका क्षेत्रिय क्रिकेट संघ पोखराका कार्यवाहक अध्यक्ष देवेन्सन प्रजुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन । नेपालले क्रिकेट खेलमा राम्रो गर्दै गएको अबस्थामा यस खेलको उत्थानको लागि तथा सम्भावना भएका खेलाडीको आर्थिक अबस्था सुदृण पार्न पनि आफुहरुले पहिलो चरणमा एक बर्षको लागि खेलाडी केसीलाई नियुत्ति गरेको मल्लले बताए । उनले भने “क्रिकेट खेलाडी केसीलाई हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय कुनै पनि खेल खेल्दा हामीले सहयोग गर्दछौं भने उनी खेल्न जादाको समयमा हामीले सेवा सुविधामा कुनै कटौंती गदैनौं ।” बाग्लुङमा घर भएका केसी विगत लामो समयदेखि पोखरामा बस्दै आएकोले पनि फाइनान्सले उनलाई रोजगारी दिएको हो ।

सन् १९९० अक्टुबर १० मा जन्मेका २३ बर्षे के.सि. नेपाली राष्ट्रिय टोलिका तिब्र गतिका बलर हुन् । के.सि.ले सन् २०१५ को डिभिजन २ मा नेपालको तर्फबाट खेल्दै ६ खेलमा १ सय ४३ रन खर्चेर ९ विकेट लिएका थिए । हालैकोे हिमाञ्चल प्रदेश भ्रमणमा रहेको नेपाली टोलीको ३ अभ्यास खेलमा ४ विकेट लिएका थिए ।

Related posts