दिननाथ बराल
पोखरा, असार २,
पोखराको आन्तरिक तथा बाह््य पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले यस बर्षको असारे रोपाँई महोत्सव पोखराको पार्दीविरौटमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा संचालन हुने १२ औैं संष्करणको महोत्सवको तयारी सुरु गरीएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
नेपाल पर्यटन बोर्ड र पोखरा उद्योग बाणिज्य संघको प्रवद्र्धनमा हुने महोत्सवको स्थानीय आयोजकमा विरौटा क्लव रहेको परिषद्का अध्यक्ष सोम थापाले बताए । ‘हिलोमा एक पटक टेक्नुपर्छ है’ र ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित आयोजना हुने महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाउने थापाले दाबी गरे । पोखरा १७, रामेश्वर मार्ग रामन्दिर अगाडि समशेरबहादुर पौडेलको ११ रोपनी खेतमा आयोजना हुने महोत्सवमा विदेशी पर्यटकसहित विभिन्न महिला तथा आमा समुहले प्रतिष्पर्धात्मक रुपमा हिलो खेल्दै धान रोप्नुका साथै विभिन्न प्रतियोगिता सहभागि हुने भएको महोत्सव संयोजक महेन्द्र श्रेष्ठले बताए ।
महोत्सवमा साउने प्रतियोगिता, असारे गितसँगै रोपाई, विदेशी र नेपाली सहित विभिन्न समुहको रस्साकस्सी, माछा समाउने, विद्यार्थी, पत्रकार र पर्यटकको हिलो दौड पनि गराईनेछ । प्रतियोगितमा प्रथम, द्धितिय र तृतिय हुनेलाई नगदसहित आकर्षक पुरष्कार प्रदान गरिनेछ । महोत्सवमा ६० जना विदेशी पर्यटक आउने निश्चित भइसकेको र विदेशी पर्यटकको सहभागिता बढाउन दुतावास, कुटनीतिक नियोग र विभिन्न गैर सहकारी संस्थासँग समन्वय गरिएको संयोजक थापाले बताए । उनले भने “पर्यटकहरुको खडेरी लागेको समयमा पनि हामीले पर्यटकहरुको सङख्यामा बृद्धि गराउन पनि विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्दै छौं । ”
स्वदेशी तथा विदेशी गरि करिव १५ हजार दर्शक सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । महोत्सव सफल पार्न ९ लाख ७५ हजार खर्च हुने भएको छ । पर्यटन क्षेत्रमा अफसिजन मानिने यतिबेला, गत बैशाख १२ गते गएको शक्तिशालि भुकम्पले अझ असर पारेको बताउँदै परिषद्का पुर्व अध्यक्ष गणेशबादुर भट्टराईले पर्यटन प्रर्वद्धनका लागि सबै एक जुट भएर लाग्नुपर्ने समय आएको बताए । युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्र्ने नीति राज्यले ल्याउनुपर्ने बताउदै गाँउ फर्क अभियान आवश्यक भएकोमा जोड गरे ।
विगतका वर्षमा झै यसवर्ष पनि रोपाई महोत्सवमा तीन जनालाई कृषकलाई सम्मान गरिने भएको छ । संयोजक श्रेष्ठका अनुसार जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा कृषकलाइ नगद पाँच हजारसहित सम्मान गरिनेछ । फलफुल तथा तरकारी, खाद्यन्न र पशुपालन तथा कुखुरापालन विधाका तीन जना कृषकलाई सम्मान गरिने श्रेष्ठले बताए ।
पोखरा र आसपासका क्षेत्रमा हरेक वर्ष फरक फरक ठाउँमा गरिदै आईएको महोत्सवले खेतियोग्य जमिनलाई संरक्षण, धानको महत्व स्थापति गर्न, कृषि पर्यटनको प्रवद्र्धनका साथै युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न महोत्वस सहयोग बन्ने परिषद्का महासचिव रामु गौतमले बताए । गत बर्ष काहँुमा रोपाई महोसव भएको थियो ।