ताजा खबर

मोफसलमा पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड पोखरामा हुने

दिननाथ बराल
पोखरा  असार २,
मोफसलमै पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय स्तरकोे खेलकुद प्रतियोगिता पोखरामा हुने भएको छ । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पको कारणले काठमाण्डौमा उक्त प्रतियोगिता संचालन गर्न नसक्ने भएको कारणले पोखरामा हुन लागेको हो ।
राजधानिमा तत्काल राष्ट्रिय स्तरको प्रतियोगिता गर्न असम्भव भएकोले पोखरामा उक्त प्रतियोगिता आयोजना हुने भएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोईरालाले बताए । उनले भने “संधैजसो राजधानिमा हुने गरेको राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड हामीले धेरै पहिले देखि पोखरामा हुनु पर्दछ भनी माग राख्दै आएका थियौं तर समय र परिस्थितीले बल्ल गर्ने अवसर पायौं ।” युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत उक्त प्रतियोगिता पोखरामा गर्ने निर्णय गरेको हो ।

सातौं संस्करणको राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड यही असार ५ देखि ७ गतेसम्म पोखरामा हुने भएको छ । प्रतियोगितामा पाँच विकास क्षेत्रका खेलाडीहरु प्रतिष्प्रर्धामा उत्रिने भएका छन । प्रत्यक क्षेत्रबाट करीब ८० जना खेलाडीहरु सहित प्रतियोगितमा ४ सयको हाराहारीमा छात्र÷छात्राको भलिवल, तेक्वान्दो, उसु, कराँते र एथ्लेटिक्स प्रतियोगिता हुने भएको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । क्षेत्रिय प्रशासक दिनेशकुमार थपलिया, कास्की प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत लगायतको सहयोगको कारण राष्ट्रपति रनिङ शिल्ड पोखरामा हुन लागेको बताए ।

यसै विच, पोखरामा बुधबारदेखि क्षेत्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । केहि क्षेत्रको समेत हाल क्षेत्रिय छनौट प्रतियोगिता जारी रहेको छ । जिल्ला, क्षेत्र हुदै विजेता भएकाहरुले राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि हुने भएका छन । प्रबेसीका परिक्षा दियर बसेकाहरुले समेत बिद्यालय स्तरको उक्त प्रतियोगितामा सहभागि हुदैछन ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *